२३ बैशाख २०८१, आइतबार । May 5, 2024

मुख्य खबर

मृतक तामाङ परिवारलाई मिल्न दवाव, किटानी जाहेरी दर्ता भएन



मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित सिक्का बार एण्ड लन्च कम्पनीमा षडराज तामाङको संकास्पद मृत्यु भएको १४ दिन वितिसक्दा पनि प्रभावकारी अनुसन्धान हुन सकेको छैन । पीडित परिवारले हालसम्म दाहसस्कार गरेका छैनन् । विहिबार फेरि पत्रकार सम्मेलनको आयोजना गरी किटानी जाहेरी प्रहरीले दर्ता नगरेकोमा गुनासो मात्र गरेनन् उचित न्याय दिलाइदिन अनुरोध गरेका छन् । फागुन १६ गते पथरीशनिश्चरे नगरपाकिा—७ को २६ बर्षिय षडराज तामाङको संकास्पद मृत्यु भएको थियो । पथरीमा राति ९ बजेसम्मा मात्र होटल खोल्ने नियम भएपनि घट्ना करिव ११ बजे भएको थियो । सिक्का बारमा मृतक षडराज तामाङको टोलीसँग दुई महिलासहितको टोली र होटल सञ्चालकसँग दुई पटक झगडा भएको थियो । सिक्का बार पाचौ तलामा रहेको छ । पीडित परिवारले केही दिन अघि पनि पत्रकार भेटघाटको आयोजना गरी षडराज तामाङको हत्या भएको भन्दै दोषीलाई कडा कारबाही गरिनु पर्ने गरेको थियो । होटलमा झगडा तथा मृत्यु राति करिव ११ बजे भएकोले घट्नाको जिम्मेवारी होटल सञ्चालक र प्रहरीले लिनुपर्ने मृतककी भाउजु आङ्रिता तामाङको भनाइ छ । घट्ना पश्चात इलाका प्रहरी कार्यालय पथरीले सिक्का बार सञ्चालक संजीव गिरी, धिरेन सुब्बा, नैना राई, सजन श्रेष्ठ, पुजन विक र मिलन श्रेष्ठलाई प्रहरी कायालयको सम्पर्कमा राखेको छ । यद्यपि पीडित परिवार (मृतकको भाउजु) आङ्रिता तामाङ र दिदी टिका तामाङले होटल सञ्चालकहरु सहित १० जना विरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाइ सकेको छ । प्रहरीले दर्ता नगरेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरिरहेका छन् । प्रहरीले भने मुद्धा दर्ता भइसकेको बताएको छ । मुद्धा दर्ता गरेको जनाएपनि जाहेरीमा नाम परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानमा कडाइ नगरेकोमा गुनासो गर्दै आएका छन् । घट्नामा संलग्न व्यक्तिहरु पत्ता नलागेसम्मा शव नबुझ्ने बताउदै आएपनि मृत्यु भएको धेरै दिन विति सकेको कारण मृत शरीर दुर्घन्ध आउन थालेको उर्लाबारी मंगलबारे स्थित अस्पतालले बताउन थालेको पीडित परिवारले बताए । शवको पोष्ट मार्टम बी.पी.कोइराला विज्ञान प्रतिष्ठानमा भएको थियो । पोष्ट मार्टम रिपोर्टमा टाउकोको हड्डी फुटेको आएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए । यद्यपि भिसेरा रिपोर्ट आउन बाँकी रहेको प्रनि बजगाईले बताए । किटानी जाहेरी दर्ता नभएको बारे प्रनि बजगाईले अनुसन्धनकै क्रममा रहेको बताउदै आखाएका छन् । यद्यपित पीडित परिवार भने जाहेरी लिनुपर्ने बताउदै आएका छन् । पीडित परिवार भने प्रहरी कार्यालयको प्रमुख घट्नालाई होटलबाट झरेर मरेको भन्ने पार्न प्रहरी लागि परेको आरोप लगाउदै आएको छ । पत्रकार सम्मेलनमा मृतक षडाराज तामाङको पत्नि मनिता तामाङको पनि उपस्थिति थियो । तामाङले षडराज तामाङसँग विवाह गरेको सात महिना मात्र भएको थियो । मनिताको पेटमा पाँच महिनाको गर्भ रहेको छ । सञ्चार माध्यममा समाचार आउन थालेपछि पीडित परिवारलाई विभिन्न आश्वासन दिएर मिल्न दवाव दिदै आएको पीडित परिवारले बताए । पीडित परिवारलाई नगद आठ लाख दिने मुद्धा दर्ता नगर्न आश्वासन दिदै आएको बुझिएको छ । पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरु र विभिन्न पार्टीका स्थानीय नेताहरु पनि पीडितलाई सहयोग गर्ने नाममा इलाका प्रहरी कार्यालयमा भीड लाग्न थालेको पीडित आङ्रिता तामाङले बताए । हामीले मुद्धा दार्ता गर्ने भनेपछि तापाईहरुको सहयोग गर्न आएको भन्दै जनप्रतिनिधिहरु र नेताहरु इलाका आउन आउछन् । तामाङ भन्छिन ‘हामीलाई सहयोग गर्ने भन्छन तर, मुद्धा दर्ता नगर्नु भन्छन हामीले कसरी बुझ्ने ।’ मृतकको दाजु ज्ञानु तामाङ विदेशबाट भाइको केही दिन अघि आएका हुन् । आफूलाई न्याय दिन कोही नलागेको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरे । दिदी टिका तामाङले पत्रकार सम्मेलनमा आशँु झार्दै भने ‘हामीलाई सहयोग गर्ने कोही भएनन ।’ पत्रकार सम्मेलनपछि होटाल सञ्चालकका आफन्तहरु र केही जनप्रतिनिधिहरुले पीडित परिवारलाई धाकधम्की दिएको बताए । किन पत्रकार सम्मेलन गरेको भनेर प्रश्न गरेको भनेर सोध्ने गरेको पीडित परिवार ज्ञानु तामाङले बताए ।

प्रकाशित : ३० फाल्गुन २०७५, बिहिबार ००:००