१९ बैशाख २०८१, बुधबार । May 1, 2024

खेलकुद

जिल्ला स्तरीय भलिवलको उपाधि उर्लाबारी क्याम्पसलाई



पथरी । किरात राई विद्यार्थी संघ मोरङ जिल्ला समितिले आयोजना गरेको प्रथम जिल्ला क्याम्पस स्तरीय महिला बलिबल प्रतियोगिताको उपाधी उर्लाबारी बहुमुखी क्याम्पसले उचालेको छ । आज (बिहिबार)उर्लाबारीले क्याम्पसले फाइनल खेलमा पथरी बहुमुखी क्याम्पसलाई २५—१४, १८—२५ र २६—१५ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको हो । विजेता र उपविजेता टिमलाई नगद १५ र १० हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेको किरात राई खेलकुद संघको अध्यक्ष निता राईले बताए । खेल सपमान कार्यक्रम पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल र स्थानीय शिक्षा सेवी प्रदिप राई लगायतको उपस्थिति रहेको थियो । पूर्वी मोरङ चार वटा टिम प्रतियोगितामा सहभागि भएको थियो । महिला खेलाडि तथा भलिवल खेलकुदको बिकासको लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कुलुङले बताए ।
Chat Conversation End

प्रकाशित : ३० फाल्गुन २०७५, बिहिबार ००:००