१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

कानेपोखरीको सात जनालाई ज्यान मुद्धा

तीन पक्राउ, चार फरार



मोरङ २८, फागुन । सामान्य रिसइविको कारण ज्यान मार्ने उद्योग गर्ने मोरङ कानेपोखरी—६ को सात जनालाई इलाका प्रहरी कार्यालय पथरीले ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको छ ।
छिमेकीको हत्या प्रयास गर्ने मध्ये डिकबहादुर खड्का, रोमन मगर र सुजन लिम्बू प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरु १८ देखि २० बर्ष उमेर समुहका रहेका छन । हत्या प्रयासमा संलग्न पथरीशनिशरे कुसेका हिले लिम्बू, प्रविण लिम्बू, आकाश लिम्बू र सनम फरार रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
उनीहरुले कानेपोखरी—६ का सन्दिप राई, लोकेन्द्र मगर र सुमन मगरको हत्या प्रयास गरेका थिए । सुक्रबार कानेपोखरी—४, स्थित श्याम खड्काको घरमा पुजामा गएको मौका पारेर तीन जनालाई घेराहानी टाउकोमा रड प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोड भएको सन्दीप राई र लोकेन्द्र मगरको पथरी स्थित मोरङ नर्सिङ होममा उपचार संभव नभएपछि विराटनगर अस्पताल ९विराट नर्सिङ होम०मा रिफर गरिएको थियो । घाइते मध्ये सन्दिप राईको टाउकोमा एउटा नसा काटिएको पीडितको बुबा पंचबहादुर राईले बताए ।
कानेपोखरी—६ स्थित सन्दिप राईको घरछेउमा आएर गाँजा खाने गरिएपछि त्यहा आएर गाँजा प्रयोग नगर भनेकै रिसइविले राई र मगरमाथि सांघातिक आक्रमण भएको पीडित परिवारको भनाइ छ । राई र मगरलाई आक्रणम गर्ने व्यक्तिहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए ।

प्रकाशित : २८ फाल्गुन २०७५, मंगलबार ००:००