१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

मुख्य खबर

मधेशी गठबन्धनसँग भएको सहमति उपलब्धिमूलक सांसद



काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सरकार र स्वतन्त्र मधेशी गठबन्धनबीच शुक्रबार भएको सहमति देशका लागि उपलब्धिमूलक भएको बताएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद खिमलाल भट्टराईले भने, “सरकार र गठबन्धनबीच भएको ११ बुँदे सहमतिका कारण देशले ठूलो उपलब्धि हासिल गरेको छ ।” “सरकारले शान्ति पूर्ण बाटोमा ल्याउने उद्देश्यले सिके राउतसँग सहमति गरेको हो, सबै खाले असन्तुष्टलाई सम्बोधन गर्ने गरी सहमति भएको छ, जुन वैचारिक उपलब्धि हो,” सांसद भट्टराईले भने ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेतृत्वको सरकारले मधेशी गठबन्धन जस्ता अन्य सङ्घ÷सङ्गठन सबैलाई सहमतिमा ल्याउने कोशिश गरिरहेको भन्दै सांसद भट्टराईले सहमतिपत्रमा भएको शब्दलाई लिएर प्रश्न उठाउँदै अनावश्यक प्रचारप्रसार नगर्न आग्रह गरे ।

“स्वतन्त्र मधेशलाई सरकारले स्वीकार गरेको भनिएको छ, त्यसो होइन, नामलाई स्वीकार गरिएको हो, स्वतन्त्रलाई होइन, जनमत सङ्ग्रह होइन, लोकतान्त्रिक विधिबाट जनअभिमत भनेको हो, स्वशासन र स्वायत्तताका बारेमा पनि अपव्याख्या गरिएको छ, भ्रम नछरौँ,”उहाँले भने।

सांसद भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक समूहलाई राजनीतिको मूलधारमा आउन पनि आग्रह गरे।

सांसद रामनारायण विंडारीले वर्तमान सरकारलाई आलोचना गर्दागर्दै विगतका सरकारले परिवर्तनका नाममा गरेका कामको पनि समीक्षा गर्नुपर्छ भने । उहाँले सिके राउतसँग सरकारले गरेको सहमतिलाई अपव्याख्या नगर्न आग्रह गर्दै रचानात्मक सुझावका लागि प्रतिपक्षसँग अपिल गरे ।

सांसद कमल ओलीले अमेरिकी लगानीलाई नेपालमा भित्र्याउन दोहोरो कर मुक्ति सम्झौता गर्नुपर्नेमा जोड दिए।

सांसद रामप्रीत पासवानले रेशमलाल चौधरीको मुद्दा राजनीतिक मुद्दा भएकाले राजनीतिक रुपमै समाधान गर्नुपर्ने माग गरे । उहाँले सांसद कमल ओलीले कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ताका क्रममा प्रयोग गरेको ‘मरेपछि डोमै राजा’ भन्ने शब्दप्रति आपत्ति जनाए ।

सांसद जीतेन्द्रनारायण देवले सिके राउत र सरकारबीच शुक्रबार भएको ११ बुँदे सहमतिलाई आफूले सहज रुपमा ग्रहण गरेको बताए । विगतमा राउतले राष्ट्र विखण्डन गर्ने भने पनि पछिल्लो पटक शान्तिका लागि प्रतिबद्ध भएकामा उहाँले सकारात्मक रुपमा लिएको छ ।

“सहमतिको बुँदा नं २ मा जनमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गरिने भनिएको छ, त्यसमा बहस हुनु स्वाभाविक पनि हो, त्यसको विधि के हो रु, सरकार कुन विधिसँग सहमत भएको हो, सरकारले गोपनीयताको नाममा गरेको सहमति पारदर्शी भएन,” उहाँले भने ।

सांसद देवले सहमतिपत्रमा उल्लेख भएका शब्दको सही चयन नभएको भन्दै जनमतबारे प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरे । सिके रावतको समूहले आगामी दिनमा देश विखण्डनको विषयमा कुरा नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद ठगेन्द्रप्रसाद पुरीले सरकारले एक वर्षको अवधिमा धेरै महत्वपूर्ण ऐन बनाए पनि ऐनको सैद्धान्तिक पक्षलाई ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । सांसद राधेश्याम अधिकारीले सरकारले सिके राउतसँग गरेको ११ बुँदे सहमतिमा उल्लेख गरिएको शब्दप्रति आपत्ति जनाए ।

“पछिल्लो पटक एनसेलको कार्यालयलगायत देशका विभिन्न स्थानमा विप्लव समूहले गरेको बम र चन्दा आतङ्कलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ, विप्लव समूहप्रति सरकारको धारणा सार्वजनिक हुनुपर्छ”, उहाँले भने । चन्दा आतङ्क वा वाम आतङ्क मच्चाउने जो कोहीलाई पनि कानूनअनुसार कारवाही हुनुपर्ने उहाँको माग छ । सांसद विमला राई पौड्यालले महिला हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै पुरुष र महिलाबीचको ज्याला समान हुनुपर्छ भने ।

राष्ट्रियसभा ९पहिलो संशोधन० नियमावली स्वीकृत

‘राष्ट्रियसभा ९पहिलो संशोधन० नियमावली २०७५, लाई विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सदस्य दिलकुमारी रावलले प्रस्तुत गर्नुभएको सो प्रस्ताव छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो ।

छलफलमा भाग लिँदै सांसद जीतेन्द्रनारायण देवले लोकतान्त्रिक मूल्यमान्यताका आधारमा नियमावलीलाई समेट्नुपर्ने बताए । सांसद रामलखन चमारले नियमावलीले समानुपातिक पद्धतिलाई अवलम्बन नगरेको भन्दै समावेशितालाई समावेश गर्नुपर्ने माग गरे।

समिति सदस्य रावलले सभामा उठेका प्रश्नको जवाफ दिएको थियो । बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद विकास विधेयक २०७५, छलफलका लागि सभासमक्ष पेश गरे।

प्रकाशित : २६ फाल्गुन २०७५, आइतबार ००:००