१९ बैशाख २०८१, बुधबार । May 2, 2024

खेलकुद

पथरीशनिश्चरे वडा कपको उपाधि १ नम्बरले उचाले



मोरङ । बुद्ध युथ क्लव पथरीद्वारा आयोजित चौथो पथरीशनिशरे वडा स्तरीय फुटवल प्रतियोगितिको उपाधि साविक विजेता वडा नम्बर १ ले उचालेको छ । आज भएको फाइनल खेलमा वडा नम्बर ९ लाई २—० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ ले उपाधि उचालेको हो । विजेता वडा नम्बर १ का लागि साइमन लिम्बू र सुमन वान्तावाले गोल डगरेका थिए । दुवै गोल दोस्रो हापपछि भएको थियो । खेल विजेता वडा नम्बरले १ नगद ५१ हजार, उपविजेता ९ ले ३१ हजार नगद, ट्रफी, प्रमाणपात्र र मेडल प्रदान गरिएको थियो । फाइनल खेलको म्यान आफ द म्याच सामन लिम्बू, हाइ स्कोरर सुमन वान्तावा, वेष्ट गोल किपर चन्द्र लिम्बू, वेष्ट डिफेन्डर मिन धिमाल पुरस्कृति भए । उनीहरु वडा १ का खेलाडि हुन् । वेष्ट फरवारबाट भने वडा नम्बर ९ का खेलाडि सेनेहाङ लिम्बू पुरस्कृत भए । फागुन १७ गतेदेखि सुरु भएको खेलमा पथरीशनिशरे नगरका १० वटै टिम सहभागि भएको थियो । फाइलन खेल हेर्न नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, वडा नम्बर १ का अध्यक्ष बाबुराम लिम्बू, ९ को अध्यक्ष भानुभक्त राई, वडा नम्बर २ को यमनाथ गुरागाईको उपस्थिति रहेको थियो ।

प्रकाशित : २५ फाल्गुन २०७५, शनिबार ००:००