२३ बैशाख २०८१, आइतबार । May 6, 2024

तस्बिर

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सातै जनाको निधन



काठमाडौं, १५ फागुन । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री सहित सवार सातै जनामो निधन भएको छ । पर्यटन मन्त्री अधिकारी सहित अन्य सातै जनाको मृत्यु भएको सत्तारुढ दल नेकपा (नेकपा) ले पुष्टि गरेका छन् ।
हेलिकप्टर दुर्घटनामा निधन हुनेमा पर्यटन मन्त्री रवीन्द« अधिकारी, विरेन्द्र क्षेष्ठ उपमहानिर्देशक, उड्डयन प्राधिकरण, युवराज दाहाल उपसचिव, प्रभाकर केसी पाइलट, आङछिरिङ्ग शेर्पा पर्यटन व्यवसायी, भोछिभोया निर्देशक उड्डयन प्राधिकरण,अर्जुन घिमिरे सुरक्षाकर्मी रहेका छन् ।
पाँचथर ताप्लेजुङ सीमा नजिक तेह्रथुम जिल्लाको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शन गर्न पुगेका थिए । पाथिभराबाट काठमाण्डौ पर्किने क्रममा दुर्घटनामा भएको हो । हेलिकोप्टर उडे लगत्तै धुवा आएको स्थानीयले बताएका छन् ।
हेलिकोप्टर दुर्घटना लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको आकस्मिक बैठक गरेका छन् । भने पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुको मन्त्री क्वाटरमा बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित : १५ फाल्गुन २०७५, बुधबार ००:००