२३ बैशाख २०८१, आइतबार । May 6, 2024

मुख्य खबर

हेलिकोप्टर दुर्घटना भएको पुष्टि ५ जनाको शव भेटिए



काठमाडौं । ताप्लेजुङमा भएको दुर्घटनामाहेलिकोप्टर ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरी फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । सो भेटिएको शवको पहिचान हुन बाँकी छ । अझ थप विवरण आउनकेहीबेर लाग्ने जनाएका छन् । अपडेट जाँचजनाको शव भेटिए .

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटना भएको हो ।

सो घटनास्थलमा रहेका स्थानीयवासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । त्यहाँका एक प्रत्यक्षदर्शीले भने, ‘हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको रहेछ । अहिले पनि आगो बलिरहेको छ । आर्मीको बुट देखिएको छ । अरु केही पनि बाँकी छैन ।

प्रकाशित : १५ फाल्गुन २०७५, बुधबार ००:००