२२ बैशाख २०८१, शनिबार । May 4, 2024

मुख्य खबर

प्रहरी र महिला अधिकारकर्मी बीच अन्तरक्रिया



पाँचथर, १२ फागुन । जिल्ला प्रहरी कार्यालय पाँचथरले आज महिला संजाल तथा महिला अधिकारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरको अध्यक्षतामा प्रहरी निरीक्षक अनिल कुमार पौडेल, पाँचथर जिल्लामा क्रियाशिल महिला अधिकार समन्वय संजाल, एकल महिला समाज, ज्येष्ट नागरिक समाज, अन्तरपाटी महिला संजाल, महिला कल्याण समाज लगायतको महिला अधिकारकर्मीहरु समेतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला तथा बालवालिका बिरुद्ध हुने अपराध, घरेलु हिंसा, वाल बिवाह, बहुबिवाह, लैंगिक हिंसा, बालयौन दुर्ब्यावहार जस्ता अपराध न्युनिकरणमा नेपाल प्रहरी, महिला अधिकारकर्मी , र नागरिक समाजको भुमिका सम्बन्धमा छलफल भएको छ । महिला अधिकारकर्मीहरुले पिडितलाई राहत महसुस गर्ने, गराउने उद्धेश्यले ग्रामिण भेगको वडा स्तरसम्म पुगेर विद्यालय तथा टोलटोलमा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम संचालन गरे अपराध न्युनिकरण हुने प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।

प्रकाशित : १२ फाल्गुन २०७५, आइतबार ००:००