१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

प्रदेश सांसद ओलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौं,१० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार ओलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षती पुगेकोे उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मृतकका परिवार,आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट उहाँ विजयी हुनुभएको थियो । केही दिन अघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ओलीको ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो । उहाँको पार्थिव शरिरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

प्रकाशित : १० फाल्गुन २०७५, शुक्रबार ००:००