१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

राष्ट्रियसभा सङ्घीयताको मूल मर्म अनुसार बजेट विनियोजन हुनुपर्छ ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएको छ ।

उहाँहरुले सिंहदरबार प्रवेशद्वारमा पैदालयात्रुलाई परेको अप्ठेरो, प्लाष्टिक झोलाको नियन्त्रण तथा क्रसर उद्योगले प्राकृतिक संरक्षणमा पारेको असरका बारेमा सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

बैठकमा सांसद विन्दादेवी आलेमगरले मुलुक सङ्घीयतामा प्रवेश गरिसकेको अवस्थामा समेत संविधानको भावनाअनुरुप समानुपातिक र समावेशी सिद्धान्तका आधारमा अझैं बजेट विनियोजन गर्ने परिपाटीको सुरुवात किन भएन भनी प्रश्न गरे।

उहाँले भने, “विकासका आयोजना पनि समानरुपले अघि बढाउनु आवश्यक छ, कहीं एकपछि अर्का आयोजना राखिएको छ, भने कतै एउटै पनि पूर्वाधार निर्माणका आयोजना पर्न सकेका छैनन् ।”

सांसद रामप्रित पासवानले सवंैधानिक आयोगमा अध्यक्ष नियुक्ति गरिरहँदा दलित आयोगको कानून बनाउने तरखर पनि किन नभएको हो भनी प्रश्न गरे ।

सांसद डा विजया पौडेलले सिहदरबारको दक्षिणपट्टिको मूलद्वारबाट बाहिर निस्कने पैदलयात्रीका लागि बेग्लै बाटो नभएका कारण गुडिरहेका मोटरले ठक्कर दिने हो कि भन्ने त्रास पैदा हुने गरेकाले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए

“सिहदरबारको दक्षिण मूलद्वारबाट बाहिर निस्कने पैदलयात्रुलाई निकै असज भएकाले बेग्लै बाटोको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु”, उहाँले भने, “बजारमा अहिले पनि गुणस्तरहीन प्लाष्टिकका झोला प्रयोगमा रहेकाले त्यसलाई विस्थापन गर्न कागजको झोलाको प्रयोग बढाउने नीति ल्याइयोस् ।”

सांसद हरिचरण शिवाकोटीले मुलुकका विभिन्न भागमा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई विधिसम्मत रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन सुझाव दिए ।

प्रकाशित : २९ माघ २०७५, मंगलबार ००:००