२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मुख्य खबर

मोफसलका पत्रकारको समस्याबारे जानकारी



उर्लाबारी । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले मोफसलका पत्रकारको समस्याबारे छलफल गरेकी छन् । पत्रकारहरुको समस्या, विज्ञापन र मिडिया हाउस सञ्चालनमा देखापरेका कठिनाईलगायत विषयमा आज यहाँ आयोजित छलफलमा उहाँ सहभागी भएको हो ।

सञ्चार सम्बन्धी विधेयक संसदीय समितिमा छलफल भइरहेको जानकारी दिँदै उपसभामुख तुम्बाहाम्फेले पत्रकारको हितमै सो विधेयक आउनुपर्नेमा जोड दिइन् । छलफलमा पत्रकार दुर्गाप्रसाद भट्टराई, दुर्गा खतिवडा, केदार चौहान, सुमन घिमिरे, अर्जुन जम्नेली राई र घनश्याम भण्डारीले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सुझाब दिए ।

स्थानीय तहका मिडियामा विज्ञापनको पहुँच पुग्न नसकेको अवस्थामा पत्रकारले मिडिया हाउसलाई बलियो बनाउन सकेमात्र न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सहज हुने उपसभामुख तुम्बाहाम्फेले बताइन् । उर्लाबारीमा दुई एफएम रेडियो, दुई दैनिक पत्रिका र तीन साप्ताहिक पत्रिका छन् ।

प्रकाशित : २७ माघ २०७५, आइतबार ००:००