२२ बैशाख २०८१, शनिबार । May 5, 2024

मुख्य खबर

ग्रामरले मनायो सिल्भर जूब्ली



काठमाण्डौ । ग्रामर पब्लिक कलेज कोटेश्वरले सिल्भर जुब्ली मनाएको छ । स्थापनाको पच्चिसौ बर्ष पुगेको अवसरमा बुधबार प्रज्ञा भवन कमलादीमा एक विशेष समारोह आयोजना गरि सिल्भर जूब्ली मनाइएको हो ।
स्थापनाको पच्चिसौ बर्ष पुगेको अवसरमा कलेजका सन्चालक, शिक्षक शिक्षिका, अविभावक, विद्यार्थी, पूर्व विधार्थी, शिक्षासेवी, राजनीतिज्ञ तथा शुभचिन्तक एकैठाउँमा भेला भएर शुभकामना आदनप्रदान गरि सेलिब्रेसन गरे । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, फेसन सो लगायत साँस्कृतिक प्रस्तुती समेत गरेका थिए ।


समारोहका प्रमूख अतिथि पूर्व प्रधानमन्त्री एवम नेकपा (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले शिक्षाको क्षेत्रमा ग्रामर कलेजले पूर्याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै भने ग्रामर पब्लिक कलेजले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्रएको छ । थप सफलताको शुभकामना दिन चाहान्छु । त्यस्तै डा. कैलाश राई, प्राध्यापक महेश्वर मान श्रेष्ठ र अविभावकको तर्फबाट शिवहरी शर्माले समेत शुभकामना मन्तव्य दिएका थिए ।

प्रकाशित : २५ माघ २०७५, शुक्रबार ००:००