१९ बैशाख २०८१, बुधबार । May 2, 2024

मुख्य खबर

नेपाल लाओस प्रस्थान



काठमाडौँ, १७ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस जानुभएको छ ।

लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बुधबार राति लाओस जानुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, विष्णु रिजाल र अलि अख्तर हुनुहुन्छ ।

नेकपा र रिभोलुसनरी पार्टी तथा नेपाल र लाओस दुई देशबीच सम्बन्ध सुधार गर्ने विषयमा उहाँहरुबीच छलफल हुने स्वकीय सचिव गौतमले बताउनुभयो । उहाँहरु यही माघ २२ गते स्वदेश फर्कनुहुनेछ ।

प्रकाशित : १७ माघ २०७५, बिहिबार ००:००