२० बैशाख २०८१, बिहिबार । May 2, 2024

खेलकुद

राष्ट्रिय बुद्धिचालमा सात अंक सहित सुश्रुत उपाधिको नजिक



मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पथरीमा जारी ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता-२०७५’ को आठौ राउण्ड सकिदा सुश्रुत दाहाल ७ अंक सहित उपाधिको नजिक पुगेका छन् । दाहालले मंगलबार भएको आठौं राउण्डको खेलमा राजन सुवेदीलाई पछादैं प्रतियोगिताको सर्वश्रेष्ठ अंकसहित उपाधिको दावेदारी पेश गरेका ह्न । त्यसैगरी पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली र क्यान्डिडेट मास्टर (सी.एम.) कृष्ण थापा ६.५ समान अंकसहित दाहाललाई पछ्याएका छन् । नेपाली र थापाले आठौ राउण्डको खेलमा बराबरी खेलेपछि दुवैजना प्रतियोगिताको उपाधीको दौडमा रहेका छन् । त्यसैगरी सुरवीर लामा, प्रकाश नेपालले पनि ६.५ अंक प्राप्त गरेका छन् । खेलमा भुपेन्द्र निरौला, राजन पुरी, सुमन लामा, रिजेन्द्रराज भण्डारी, सुमन श्रेष्ठ, नवीन तण्डुकर, विवेक श्रेष्ठ, राजेन्द्र राई, पदम रुपाचा, श्याम लिम्बूले ६—६ अंक ल्याएका छन् । प्रतियोगितामा राजन सुवेदी, सुमन राई, ज्वाला इम्बुङ लिम्बू, आशिस फुयलले ५.५ अंक ल्याएर पुरस्कारको दावीदारी गरिरहेका छन् । त्यसैगरी उमेश शाह, बसन्त लामा, राजन पहाडी, यमकुमार कार्की, विवेक भज्रचार्यले ५—५ अंक प्राप्त गरेको प्रतियोगिताको प्रमुख आर्बिटर विजयकुमार थापाले बताए । बुधबार (आज) फाइनल राउण्डको खेलहुने आयोजक फ्रेण्डसीप चेस क्लवका कार्यक्रम संयोजक अर्जुन जम्नेली राईले बताए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने खेलाडिलाई क्रमस नगद ५०, ४०, ३० हजार पुरस्कार प्रदान गर्नेछन् । खेलमा १५ औं स्थानसम्म खेलाडिले नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी प्रदेश १ च्याम्पियन, मोरङ जिल्ला, पथरीशनिश्चरे नगरपालिका च्याम्पियन, फरक क्षमता, अन रेटेड लगायत गरेर ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा देशभरबाट १३५ जना प्रतिष्प्रर्धामा उत्रिएका छन् । प्रतियोगितामा चार जना पूर्व नेपाल च्याम्पियन, एक फिडे मास्टर (एफ.एम.), तीन जना क्यान्डिडेट मास्टर (सी.एम.) र एक जना वीमेन क्यान्डिडेट मास्टर (डब्लू.एफ.एम.) समेत भिड्दै आएका छन् ।

प्रकाशित : ८ माघ २०७५, मंगलबार ००:००