२२ बैशाख २०८१, शनिबार । May 5, 2024

मुख्य खबर

नेकपा अध्यक्ष दाहाल अस्वस्थ



काठमाडौँ, ८ माघ ।  नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ ।
चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।
चिकित्सकले उहाँलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ ।

प्रकाशित : ८ माघ २०७५, मंगलबार ००:००