२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

ग्लोबल

‘ब्रेक्जिट रोकिएमा मुलुकले ‘राजनीतिक सुनामी’ को सामाना गर्नुपर्छ’



लण्डन, संयुक्त अधिराज्य, ६ माघ । बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले निर्णय नलिएमा देशले ‘राजनीतिक सुनामी’ को सामना गर्नुपर्ने अवस्था आउने बेलायती व्यापार मन्त्रीले आइतबार बताएका छन् ।
अन्तराष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले टेलिग्राफ दैनिकमा लेख्नुभएको छ, “ब्रेक्जिट प्रक्रिया अवरुद्ध हुनुले संसद र जनताबीचको दूरीलाई बढाइदिनेछ, जुन हाम्रो मुलुकको राजनीतिक प्रणालीमा विभाजनको कारक बन्नसक्छ र यसबाट अनपेक्षित नतिजाको सामना गर्नुपर्ने हुन्छ ।”
प्रधानमन्त्री टरिजा मे ले इयूसँग बेलायत बहिर्गमनबारे गरेको सम्झौतापछि बेलायती संसदले सम्झौतालाई अस्वीकार गरेपछि बे्रक्जिट प्रक्रिया अवरूद्ध बनेको छ । केही सांसदहरूले राजनीतिक नेतृत्वमा सहमति नजुट्दासम्म मार्च २९ का लागि तय भएको बहिर्गमन प्रक्रियालाई ढिलो गर्न सुझाब दिएका छन् ।
यद्यपि प्रधानमन्त्री मेले आफ्नो अघिल्लो प्रस्ताव विफल भएपछि सोमबार संसदमा नयाँ योजनासाथ आउने बताइएको छ । विश्लेषकहरूले प्रधानमन्त्रीबाट व्यापक परिवर्तनसहितको नयाँ योजना आउने सम्भावना रहेको बताएका छन् ।

प्रकाशित : ७ माघ २०७५, सोमबार ००:००