१२ बैशाख २०८१, बुधबार । April 24, 2024

ग्लोबल

ग्रीक प्रधानमन्त्रीद्वारा विश्वासको मतका लागि संसदमा प्रस्ताव दर्ता



एथेन्स, ग्रीस, २९ पुस ।  मेसेडोनियाको नाम परिवर्तनका लागि ग्रीस सरकारसँग भएको सम्झौताप्रति असहमति जनाउँदै ग्रीक रक्षामन्त्रीले राजिनामा दिएपछि संसदमा उहाँको पक्षमा अविश्वास जनाउन र सरकारको पक्षमा जनमत पुष्टि गर्न संसदबाट विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री अलेक्सिस सिप्रासले गठबन्धन सरकारमा प्रमुख सहयोगी रहेको राष्ट्रवादी ‘इन्डिपेन्डेन्ट ग्रीक्स पार्टी’ का प्रमुख नेतासमेत रहेका रक्षामन्त्री पानोस कामेनोसको राजिनामालाई स्वीकार गरी संसदमा सरकारको पक्षमा विश्वासको मत पुष्टि गर्न निवेदन प्रस्ताव गर्नुभएको हो ।

प्रधानमन्त्री सिप्रासले भन्नुभयो, “मेसेडोनियाको नयाँ नामबारे गत जुनमा भएको महत्वपूर्ण सम्झौतालाई अघि बढाउनुपूर्व सरकारले संसदबाट विश्वास लिनु उपयुक्त भएकाले प्रक्रिया अगाडि बढाइएको छ ।”

संसदमा विस्वासको प्रस्तावको पक्ष विपक्षमा हुने बहस मङ्गलबारदेखि नै शुरू हुनेछ र बिहीबार मतदान हुनेछ । कामेनोसले सरकारले मेसेडोनियाको नाम परिवर्तनको एजेन्डामा समर्थन गरेको तर यो निर्णय राष्ट्रको हित विपरित हुने निष्कर्षका साथ आफू सरकारबाट बाहिरिएको र प्रस्तावको विपक्षमा मतदान गर्ने बताउनुभयो ।

सात संसदको धनी कामेनोसको दलले सिप्रासको दललाई समर्थन जनाएबापत छ मन्त्री र केही सहमन्त्रीहरूसहित सरकारमा सामेल रहेको छ ।

मेसेडोनियाका प्रधानमन्त्री जोरान जाएभले आफ्नो देशको नयाँ नामलाई अनुमोदन गरिदिन शनिबार ग्रीसका अधिकारीहरूलाई आग्रह गर्नुभएको थियो ।

मेसेडोनियाको संसद्ले आफ्नो देशको नाम ‘द रिपब्लिक अफ नर्थ मेसेडोनिया’ राख्ने गरी शुक्रबार पास गरेको र यसको वैधानिकताका लागि छिमेकी मुलुक ग्रीसको स्वीकृति आवश्यक हुने भएकोले उहाँले ग्रीसका सरकारी तथा विपक्षी नेता तथा सांसदसँग भेटी नयाँ नाममा समर्थन जनाउन आग्रह गर्नुभएको थियोे ।

उहाँले ग्रीसको राजधानी एथेन्समा गरिएको एक पत्रकार सम्मेलनमा भन्नभयो, “नामलाई अनुमोदन गर्न ग्रीक संसद्को पनि समर्थन आवश्यक रहन्छ । हाम्रो संसद्ले नयाँ नामलाई अनुमोदन गरेको छ तर यो सहज भने छैन । मलाई विश्वास छ कि ग्रीक संसद्ले पनि निर्णयलाई सदर गरिदिनेछ ।”

प्रकाशित : २९ पुस २०७५, आइतबार ००:००