२३ बैशाख २०८१, आइतबार । May 5, 2024

मुख्य खबर

खेलकूद क्षेत्रले राष्ट्रिय एकतालाई मजबुद बनाउँछ : दाहाल



काठमाडौँ, २६ पुस: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्र, राष्ट्रियताको जर्गेना गर्ने र आम नेपालीलाई एकताको सूत्रमा बाँध्ने खेल क्षेत्रको विकास र विस्तारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाउनुभएको छ ।

‘पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७५’ को आज यहाँ उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले खेलकूद क्षेत्रको विकासमा विगतदेखि नै सकारात्मक प्रयास भए पनि सोचेजति उपलब्धि हुन नसकेको बताउनुभयो । राजनीतिकरुपमा मुलुकमा धेरै ठूलो परिवर्तन गरेर नेपाली जनताको विश्वास र अपेक्षासहित आफ्नो पार्टी उपस्थित भए पनि खेल क्षेत्रमा सोचेजति सकारात्मक परिवर्तन हुन नसकेको बताउँदै उहाँले आगामी दिनमा खेल क्षेत्रको अपेक्षालाई सम्बोधन गरिनेछ भन्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा सम्भ्रान्त वर्गले सीमित स्वार्थका लागि प्रयोग गरेको खेलकूद क्षेत्रमा राजनीतिक परिवर्तनसँगै सही विचार, सही नेतृत्व र भौतिक पूर्वाधारको विकास तथा उचित लगानी अपरिहार्य जस्तै रहेको छ । हामी त्यो अपेक्षालाई पूरा गर्छौं । त्यो क्रमशः हुँदै पनि जान्छ ।”

खेलकूद क्षेत्रलाई संस्थागतरुपमा अगाडि बढाउन राजनीतिक नेतृत्व र खेलकूद क्षेत्रकै व्यक्तिको पनि सक्रिय सहभागिता जरुरी रहेको भन्दै अध्यक्ष दाहालले विद्याय तहदेखि उच्च शिक्षासम्म पनि यसलाई पाठ्यक्रममा नै राखेर अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो ।

खेलकूदबाटै स्वस्थ नागरिक र सबल देश बन्न सक्छ भन्ने मान्यतालाई आत्मसात् गरेर अगाडि जानुपर्नेमा जोड दिँदै उहाँले विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिँदै आगामी दिनमा थप उपलब्धिका लागि सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो ।

विगतमा अगाडि बढाइएका सकारात्मक प्रयास निरन्तररुपमा अगाडि बढाउन नसक्दा यस क्षेत्रमा पनि उतारचढाव आएको उहाँको भनाइ थियो । वर्तमान सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले आफ्नोतर्फबाट पनि भौतिक पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधालगायतका विषयमा पनि सकारात्मक पहल गर्ने वचन दिनुभयो ।

उहाँले भन्नुभयो, “उचित बजेट, भौतिक पूर्वाधारको विकासका लागि राज्यकातर्फबाट सहयोग जुटाउन मेरो प्रयास रहन्छ ।” दुई दिनसम्म चल्ने सो प्रतियागितामा नेपालका विभिन्न क्लब तथा भारत बङ्गलादेश र श्रीलङ्काका खेलाडी तथा प्रशिक्षकको सहभागिता छ ।
–––

राष्ट्रिय एकतालाई मजबुद बनाउँछ :  दाहाल

2019-01-10 20:02

काठमाडौँ, २६ पुस (रासस) : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्र, राष्ट्रियताको जर्गेना गर्ने र आम नेपालीलाई एकताको सूत्रमा बाँध्ने खेल क्षेत्रको विकास र विस्तारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाउनुभएको छ ।

‘पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७५’ को आज यहाँ उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले खेलकूद क्षेत्रको विकासमा विगतदेखि नै सकारात्मक प्रयास भए पनि सोचेजति उपलब्धि हुन नसकेको बताउनुभयो । राजनीतिकरुपमा मुलुकमा धेरै ठूलो परिवर्तन गरेर नेपाली जनताको विश्वास र अपेक्षासहित आफ्नो पार्टी उपस्थित भए पनि खेल क्षेत्रमा सोचेजति सकारात्मक परिवर्तन हुन नसकेको बताउँदै उहाँले आगामी दिनमा खेल क्षेत्रको अपेक्षालाई सम्बोधन गरिनेछ भन्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा सम्भ्रान्त वर्गले सीमित स्वार्थका लागि प्रयोग गरेको खेलकूद क्षेत्रमा राजनीतिक परिवर्तनसँगै सही विचार, सही नेतृत्व र भौतिक पूर्वाधारको विकास तथा उचित लगानी अपरिहार्य जस्तै रहेको छ । हामी त्यो अपेक्षालाई पूरा गर्छौं । त्यो क्रमशः हुँदै पनि जान्छ ।”

खेलकूद क्षेत्रलाई संस्थागतरुपमा अगाडि बढाउन राजनीतिक नेतृत्व र खेलकूद क्षेत्रकै व्यक्तिको पनि सक्रिय सहभागिता जरुरी रहेको भन्दै अध्यक्ष दाहालले विद्याय तहदेखि उच्च शिक्षासम्म पनि यसलाई पाठ्यक्रममा नै राखेर अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो ।

खेलकूदबाटै स्वस्थ नागरिक र सबल देश बन्न सक्छ भन्ने मान्यतालाई आत्मसात् गरेर अगाडि जानुपर्नेमा जोड दिँदै उहाँले विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिँदै आगामी दिनमा थप उपलब्धिका लागि सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो ।

विगतमा अगाडि बढाइएका सकारात्मक प्रयास निरन्तररुपमा अगाडि बढाउन नसक्दा यस क्षेत्रमा पनि उतारचढाव आएको उहाँको भनाइ थियो । वर्तमान सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले आफ्नोतर्फबाट पनि भौतिक पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधालगायतका विषयमा पनि सकारात्मक पहल गर्ने वचन दिनुभयो ।

उहाँले भन्नुभयो, “उचित बजेट, भौतिक पूर्वाधारको विकासका लागि राज्यकातर्फबाट सहयोग जुटाउन मेरो प्रयास रहन्छ ।” दुई दिनसम्म चल्ने सो प्रतियागितामा नेपालका विभिन्न क्लब तथा भारत बङ्गलादेश र श्रीलङ्काका खेलाडी तथा प्रशिक्षकको सहभागिता छ ।
–––

प्रकाशित : २६ पुस २०७५, बिहिबार ००:००