२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मनोरञ्जन

व्यूटी प्याजेण्टको उपाधी प्रेक्षा राईलाई



राजधानीमा हालै सम्पन्न भएको मिस टिन एण्ड किड २०१८ को उपाधी प्रेक्षा राईलाई जितेको छ । राष्ट्रिय नाँच घर जमलमा भएको फाइनलमा राउण्डमा टप ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेकी हुन् ।
सेभेन स्टार इभेन्ट म्यानेजमेण्टको आयोजना भएको उक्त प्रतियोगीतमा डेढ दर्जन बढी प्रतिस्पर्धीले सहभागिता जनाएको थियो ।प्रतिस्पर्धीलाई वौद्धिक परिक्षण,नृत्य,गायन लगायत प्रतिभाको प्रस्तुतीको आधारमा छनौट गरिएको हो । राईले उपाधी स्वरुप आकर्षक ताज र पुरस्कार हात पारेकी छिन् । पाँचथर ओयाम घर भई हाल काठमाण्डौं गोगंबुमा वस्दै आउनु भएकी राई मोडलिङ र नृत्यमा विशेष रुच ी राख्छिन् ।

प्रकाशित : २६ पुस २०७५, बिहिबार ००:००