१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

अर्थ

मौरीपालनका लागि छुट्टै नीति निर्माण गरिने



बनियानी,  कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले मौरीपालनका लागि सरकारले छुट्टै नीति निर्माण गर्ने बताउनुभएको छ ।

नेपाल मौरीपालक महासङ्घको २०औँ वार्षिक साधारण सभाका अवसरमा आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उहाँले मौरीको चरनको क्षेत्रमा विषादी प्रयोग गर्ने जो कोहीलाई कारवाही गरिने उल्लेख गर्नुभयो । आयात न्यूनीकरण गर्नाका साथै स्वदेशी महलाई बजारीकरणमा सहयोग गर्नसमेत उहाँले सरोकारावाला निकायलाई आग्रह गर्नुभयो ।

महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रममा पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
–––

प्रकाशित : २४ पुस २०७५, मंगलबार ००:००