२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

छापा खबर

काठमाण्डौंबाट प्रकाशित आजका पत्रपत्रिका



 

काठमाडौंबाट प्रकाशित अधिकांस पत्रपत्रिकाले आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनलाई प्राथमिकताका साथ समचार प्रकाशित गरिएको छ । नयाँ पत्रिका दैनिकले उपत्यकामा चेक बाउन्स (बैंकिङ कसुर) सम्बन्धी अपराध धेरै हुने गरेको छ । प्रहरीको तथ्यांकअनुसार चेक बाउन्समा दैनिक ८–१० वटा उजुरी पर्छन् भने दैनिक औसतमा तीनजना पक्राउ पर्दै आएको र चेक बाउन्सका मुद्दाले प्रहरीदेखि अदालतका कर्मचारीसमेत ..हैरान भएको समचार छापेको छ । त्यसैगरी कान्तिपुर दैनिकले लोक गायिका विष्णुमाझीको विषयलाई प्राथमिकताका साथ छापेको छ । नागरिक दैनिकले भने पर्यटनमन्त्री रवीन्द्र अधिकारीले राजीनामा को तयारी गरिरहेको उल्लेख गरेको छ । त्यसगरी राजधानी दैनिकले .सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि जारी गरेको कर्मचारी समायोजन अध्यादेश विवाद सर्वोच्च अदालत पुगेको र समायोजन अध्यादेशमा अन्यायपूर्ण र विभेदकारी प्रावधान भएको भन्दै त्यसविरुद्ध ३३० जना कर्मचारीले सर्वोच्चमा रिट दायर गरेको विषयालाई प्राथमिकतासाथ छापेको छ । गोरखापत्रिका दैनिकले काठमाण्डौंमा मनोरञ्जन लाग्ने श्रमिक ममिहाले प्रतिदिन १७ जनासंग सहवास गर्ने गरेको तत्यांक सार्वजनिक गरेको छ ।

प्रकाशित : २३ पुस २०७५, सोमबार ००:००