२० बैशाख २०८१, बिहिबार । May 2, 2024

अर्थ

हसना भास्तिपुरको मुनाफा ४३ लाख



 

काठमाडौँ, २१ पुस (रासस) : हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आव २०७४÷०७५ मा ४२ लाख ८१ हजार ७०७ रुपैयाँ ३३ पैसा मुनाफा आर्जन गरेको छ ।

उक्त सहकारीले आव २०७४÷०७५ मा ६६ करोड ३८ लाख ६५ हजार ८९२ रुपैयाँ ७७ पैसा निक्षेप सङ्कलन गरेको छ भने ६६ हजार ८३ लाख छ हजार १७० रुपैयाँ २५ पैसा कर्जा प्रवाह गरेको आज यहाँ आयोजित १०औँ वार्षिक साधारणसभामा जानकारी दिइयो ।

गत वर्ष हसना बचत तथा ऋण सहकारी संस्था र भास्तिपुर बचत तथा ऋण सहकारी संस्था एकआपसमा गाभिएर बनेको उक्त सहकारीले आव २०७४÷०७५ को असार मसान्तसम्म कूल शेयरपूँजी रु तीन करोड ८३ लाख ७३ हजार ६०० पु¥याइएको छ ।

साधारणसभाको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्पूर्ण नागरिकलाई सामाजिक न्यायसहितको सुखी समाज निर्माण गर्न सरकार अगाडि बढेको बताउनुभयो ।

समृद्ध नेपाल निर्माण गर्न सहकारीको निकै ठूलो भूमिका हुनेमा जोड दिँदै उहाँले सहकारीका समस्या समाधान गर्न सरकारले आवश्यक ऐन कानून निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : २१ पुस २०७५, शनिबार ००:००