२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

तस्बिर

प्रदेश नं १ को नाम किरात हुने मुख्यमन्त्री राईको संकेत



काठमाण्डौ, २१ पुष । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक नम्बर प्रदेशको नाम किरात प्रदेश हुने संकेत गरेका छन् । आज किरात राईहरुको महान पर्व साकेला (उधौली)को अवसरमा बोल्दै राईले यस्तो संकेत गरेका हुन ।
किरात राई यायोक्खा काठमाण्डौले साकेला उधौलीको अवसरमा राजधानीको टुडिखेलमा गरेको कार्यक्रमलाई साम्बोधन गर्दै राईले भने ‘तपाईहरुको मुख्य चासो र मुख्य जिज्ञासा मैले बुझेको छु । हामी आउँदो प्रदेशसभाबाट १ नम्बर प्रदेशको नाम र राजधानी टुंग्याउँदै छौ । नामको सवालमा विभिन्न कोणबाट कुरा उठेका छन् त्यस मध्ये किरात समुदायले उठाउँदै आएको किरात प्रदेश नामाङ्कन गरिनु पर्ने सवाल अब्बल रहेको छ ।’
प्रदेशसभामा नेकपाको भारी बहुमत रहेको छ । त्यहि दलबाट मुख्यमन्त्री बनेको राईको यो भनाईलाई किरात समुदायले १ नम्बर प्रदेशको नाम किरात प्रदेश हुने पूर्व संकेतको रुपमा लिएका छन् । किरात राई यायोक्खाका काबा अध्यक्ष दिवश राईले भने ‘मुख्यमन्त्रीको भनाई स्वागत योग्य छ । यसलाई हामीले सकारात्मक र पूर्व संकेतका रुपमा लिएकाछौ ।’

प्रकाशित : २१ पुस २०७५, शनिबार ००:००