२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

अर्थ

अन्तर्राष्ट्रिय महोत्सव माघ ११ देखि



 

भद्रपुर, २१ पुस । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म हुने बिर्तामोड ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हँुदै आएकामध्ये सबैभन्दा बृहत् र व्यवस्थित बनाउने तयारी गरिएको आयोजकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार भट्टराईले महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका कक्ष रहने र चीन तथा थाइल्याण्डका व्यवसायीसँग कक्ष राख्नेबारे कुराकानी भइरहेको जानकारी गराए।

प्रकाशित : २१ पुस २०७५, शनिबार ००:००