१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

पर्यटन

‘सुन्दर सुदूरपश्चिम महोत्सव’ शुरु



कैलाली, २० पुस । ‘समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नाराका साथ आजदेखि धनगढीमा सुन्दर सुदूरपश्चिम महोत्सव शुरु भएको छ ।

विश्व ज्योति युवा क्लब र शक्ति युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले मेलाका माध्यमबाट आन्तरिक पर्यटकलाई मात्र नभई बाह्य पर्यटकलाईसमेत आकर्षण गर्न वातावरण तयार बनाउनुपर्नेमा जोड दिनुभयो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पर्यटकीय क्षेत्रको सम्वद्र्धन तथा विकासका लागि महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । महोत्सव मूल आयोजक समितिका संयोजक श्याम विष्टले स्थानीय कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।

धनगढी उपमहानगरपालिका–२ भन्सार गाउँमा शुरु भएको महोत्सव माघ २ गतेसम्म चल्ने छ । महोत्सवमा ३०० व्यापारिक कक्ष छन् । बालउद्यान, कृषि प्रदर्शनी, रमाइलो मेलासँगै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुती रहने बताइएको छ । रासस तस्विर रासस

प्रकाशित : २० पुस २०७५, शुक्रबार ००:००