१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख



उर्लाबारी,  प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताउनुभएको छ ।

फोटो ः सुमन घिमिरे,

नेपाल नेत्रहीन सङ्घ मोरङले १७औँ साधारणसभाको आज बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेपालको संविधानले सबै जाति, धर्म, लिङ्ग समुदायलाई समेटेको भन्दै उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, “अब तीव्र विकासको गतिमा अघि बढ्न आवश्यक छ ।” सो अवसरमा उहाँले मोरङका ३८ न्यूनदृष्टियुक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।
–––

प्रकाशित : २० पुस २०७५, शुक्रबार ००:००