१५ बैशाख २०८१, शनिबार । April 27, 2024

Uncategorized

सरकारद्धारा १५ वटा जातीय तथा सांस्कृतिक पर्वलाई सार्वजनिक विदा दिने प्रस्ताव



काठमाडौं । सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ ।आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएकोमा आन्दोलन गर्दै आएका थिए ।

बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि थप गरिने सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक विदाको प्रस्ताव गरेको छ ।  प्रस्तावित विदा सूचीहरुमा किरात चाँड उभौली,  उद्यौली, बुद्ध पुर्णिमा, क्रिसमस, माघी पर्व, जनै पुर्णिमा, बकरइद,रीषि पञ्चमी, छठपर्व, ल्होसार, सोनाम ल्होसार लगायतको १५ ओटा चाडलाई विदा दिने प्रस्ताव गरेको हो ।

 

प्रकाशित : १९ पुस २०७५, बिहिबार ००:००