२३ बैशाख २०८१, आइतबार । May 6, 2024

मुख्य खबर

रेशम चौधरीले लिए सपथ



 

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सांसद पदको सपथ लिएका छन् ।सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।ढाकाको कोटमा सजिएका चौधरीले थारु भाषामा सपथ लिएका थिए   ।

 

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ ।फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट भूमिगत अवश्थामै निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।तर,  रिट सर्वोच्चले खारेज गरेपछि उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । उनी सम्बद्ध राष्ट्रिय जनता पार्टीले लामो समयदेखि चौधरीलाई सपथ खुवाउनुपर्ने माग गर्दै आएको थियो । तर, सरकारले त्यसलाई वेवास्ता गर्दै आएको हो ।पछिल्लो पटक राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि चौधरीलाई सपथ खुवान सरकार वाध्य भएको हो ।

प्रकाशित : १९ पुस २०७५, बिहिबार ००:००