२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

खेलकुद

महिला फुटबलमा पथरीशनिश्चरे च्याम्पियन



मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आयोजित प्रथम नगरस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक पथरीशनिश्चरे नगरले उचालेको छ ।

आज भएको फाइनल खेल बिजेता पथरीशनिच्चरेले कानेपोखरी गाँउपालिकालाई १ गोलको अन्तरले उपाधी उचालेको हो । पथरीशनिच्चरे नगरको लागि निर्णायक गोल मुना मगरले गरेका थिए । फाइनल खेलको म्यान अफ दि वमेन पथरीकै रोस्मा राई, हाई स्कोरर सोही टिमकी युमा राई र उदयमान खेलाडिको रुपमा पबित्रा मागर पुरस्कृत भइन
। खेलको सर्वो उत्कृष्ट खेलाडी पनि पथरीशनिश्चरेको गोल रक्षक अनिता मगर पुरस्कृत भइन ।

विजेता र उपबिजेता टिमलाई नगद क्रमस २५ हजार, १५ हजार नगद, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । खेल अनेरास्ववियु र अखिल क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाई कमिटीले संयुक्त रुपमा आयोजना गरेका थिए ।
प्रतियोगितामा उर्लाबारी, लेटाङ, जाँते, सुन्दरहरैचा, कानेपोखरी र आयोजक गरि ६ टिम सहभागी भएका थिए ।

प्रकाशित : १८ पुस २०७५, बुधबार ००:००