२० बैशाख २०८१, बिहिबार । May 3, 2024

अर्थ

गाडी चलेको २९ बर्षपछि मोटरबाटो कालो पत्रे  हुदै

स्थानीयबासी हर्षित



रबि,पाँचथर,  १८ पुस । पहिलो पटक २०४६ सालमा रबिमा मोटर पुग्दा स्थानीयबासीमा जुन उत्साह थियो २९ बर्षपछि त्यो उत्साह पुन जागेको छ अहिले ।
मेचि राजमार्ग इलाम फिदिम खण्डको राकेभञ्ज्याङदेखि पाँचथरको दोस्रो ठुलो व्यापारीककेन्द्र रबि हुदै धनकुटाको पर्यटकीय केन्द्र भेडेटार जोड्ने मोटर बाटो कालोपत्रे हुने पक्का भएपछि सो क्षेत्रका स्थानीयहरु हर्षित भएका छन । धनकुटा, इलाम र पाँचथर जिल्लाको एक दर्जन बजारहरु हुदै जाने सो मोटर बाटो यो क्षेत्रका लागि गौरवको योजनाको रुपमा लिने गरिन्छ । थुप्रै व्यापारिक केन्द्र तथा पर्यटकीय क्षेत्रलाई जोड्ने एक सय किलो मिटर लामो सो सडक निमार्णका लागि एपको इन्फ्राटेक प्रालि लखनउ भारत सित सम्झौता भइ सकेको पाँचथरका प्रतिनिधी सभा सदस्य बषन्तकुमार नेम्बाङले बताए ।
कोशी लोकमार्गको भेडेटारदेखि धनकुटाको साँगुरी गढी रचौबिसे, इलामको माङसेबुङ र फाकफोक थुम र पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द गाउँपलिकाका भएर सो बाटो मेचि लोकमार्गको राकेभञ्ज्याङमा जोडिने छ । तीन जिल्लाका ५ लाख भन्दा बढी जनतालाई प्रत्यक्ष फाइदा पुग्ने सो मोटरबाटो बन्ने पक्का भए पछि सो क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ बताउँछन । धनकुटाको भेडेटार देखि छ न बुधबारे सम्मको ४४ किलोमिटर मोटर बाटो यस अघि नै ग्राभेल भइ सञ्चालनमा छ भने बाँकी ६६ किलोमिटर बाटो भने कच्ची हुदा स्थानीयबासीले बर्खामा सास्ती भोग्नु परेको छ । यो बाटोले यहाँको उपभोक्ता तथा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सघाउ पु¥याउँछ मिक्लाजुङ गाउँपालिका वडा न ८ का वडा अध्यक्ष रामेश्वर वाजी भन्छन ।


विगत २९ बर्षदेखि रबिबासीहरु बर्खाको समयमा कर्णाली भएर बाच्नु परेको थियो बर्खाको समयमा बिरामी पर्दा अस्पताल सम्म पुग्न नपाउँदा थुप्रै बिरामीले ज्यान गुमाउनु परेको थियो अब भने त्यो दिन भोग्नु नपरोस मिक्लाजुङ ४ का सामाजिक अभियान्ता सरस्वती राई भन्छिन । तीन जिल्लाका धेरै बजारलाई सिधै तराई सित जोड्ने यो मोटर बाटो पक्की भए पछि यस क्षेत्रमा उत्पादन भएका फलफुल नगदेबाली तरकारी दुग्द जन्य पर्दाथले सहज बजार पाउने छन । कृषकहरुको आर्थिक स्तरमा बृद्धि हुने छ भने दैनिब उपभोग्य बस्तु कृषकहरुले सहज रुपले पाउने छन पाँचथर उद्योग बाणिज्य संघ शाखा रबिका कार्यबाहक अध्यक्ष दिनेश खनाल भन्छन । यो क्षेत्रमा कच्चिबाटो मात्र भएको हुदा बर्खाको समयमा अत्यावश्यक तथा दैनिक उपभोग्य बस्तुको तराईबाट ल्याउन नसक्दा उपभोक्ताले चर्को मुल्य तिर्नु पथ्र्यो अब भने उपभोक्ताले सहज रुपले त्यसता बस्तु पाउने भए अध्यक्ष खनाल भन्छन ।
धनकुटा इलाम र पाँचथर जिल्ला भएर कोशी राजमार्गलाई मेची राजमार्ग सित जोड्ने महत्वपुर्ण यो मोटरबाटो यस क्षेत्रको स्थानीयबासीको समृद्धी सित गासिएको छ । २८ बर्ष सम्म कष्टपुर्ण यात्रा सहनु प¥यो यति लामो समयमा मात्र पक्कि बन्ने सायद देशकै पहिलो सडक होला अब बाटो चाँडो बनोस मिक्लाजुङ २ सप्तमाी बजारका यातायात व्यवसायी महेन्द्र थापा कामना गर्छन । यो क्षेत्रकै पुरानो र महत्व बोकेको मोटरबाटो एजिम बैंक अफ इण्डियाको ८७ प्रतिशत आर्थिक सहयोग र नेपाल सरकारको १३ प्रतिशत लगानीमा निमार्ण हुन लागेको हो । तीन बर्षमा सम्पन्न हुने यो मोटरबाटो कालोपत्रे गर्न दुइ करोड ८८ लाख ८२ हजार १३ डलर १० पैसा अमेरिकी डलरमा ठेक्का सम्झौता भएको नेम्बाङ बताउँछन ।
कोशी अञ्चलको पर्यटकीय क्षेत्र भेडेटारबाट सिधै इलाम पाँचथरको सिमानामा अवस्थित राकेभञ्ज्याङसंग जोड्ने यो मोटरबाटोले यो क्षेत्रका जनताको आर्थिक समृद्धि र यस क्षेत्रको पर्यटकीय बिकासमा महत्वपुर्ण सघाउ पु¥याउँछ मिक्लाजुङ गाउँपालिका वडा न ७ का संजय राइ भन्छन । सो मोटरबाटोले धनकुटाको राजारानी ताल सूर्योदय र सूर्यअस्त राम्ररी देख्न सकिने मिक्लाजुङ जरिबुटे डाडा पर्यटकीय क्षेत्र माङमालुङ यावाराङ झरणा बेहुली ढुंगा स्वर्गपुरी मन्दिर कमलपोखरी पौवाभञ्ज्याङ सिलौटी जस्ता महत्वपुर्ण पर्यटकीय क्षेत्रको बिकासमा सघाउ पु¥याउने छ स्थानीयबासीहरु भन्छन ।
पश्चिम इलामको दुई गाउँपालिकाका हजारौं जनतालाई प्रत्यक्ष लाभ पु¥याउने यो मोटर बाटो कालो पत्रे हुने सुनेर हामी हषर््िात भएका र्छौ यो मोटरबाटो पक्कि हुनु भनेको यहाँका जनताको भबिष्य बन्नु हो । यो बाटो पक्कि भए यो क्षेत्रमा तराई देखि बसाई सरेर मानिसहरु आउँछन यहाको पर्यटकीय बिकास र अर्गानिक स्थानीय उत्पादनले राम्रो बजार पाउँछ । यो बाटोले हाम्रो गाउँपालिकाको धेरै वडाहरु छुने हुनाले यो हाम्रो पालिकाको कर्म रेखाको रुपमा रहेको छ फाकफोक थुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ भन्छन ।
इलाम, पाँचथर र धनकुटा जिल्लाका अधिकाशँ भाग छुने यो मार्ग यो क्षेत्रको मेरुदण्डको रुपमा रहेको महत्वपुर्ण मार्ग भएकोले यो बाटोको शिलान्यास आगामी पुस २० गते प्रधानमन्त्रि केपी ओलीले पाँचथरको रबि बजारमा गर्ने कार्यक्रम समेत तय भएको सासंद नेम्बाङले बताए ।

प्रकाशित : १८ पुस २०७५, बुधबार ००:००