२० बैशाख २०८१, बिहिबार । May 3, 2024

मुख्य खबर

चोलेन्द्र बने २९ औं प्रधानन्यायधीस



काठमाण्डौं । संसदीय सुनुवाइ समितिले भावी प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत स्वीकृत गरेसंगै जबरा २९ औं प्रधानन्यायधीस बनेका छन् । सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिले सर्वसम्मत् रूपमा जबरालाई प्रधानन्यायाधीशका लागि सिफारीस गरेका हुन । बुधबार विहान जबरालार्ई राष्टपति विद्यादेवि भण्डारीले शपथ खुवाएका छन् ।

 

न्यायलयको सर्वोच्च पदमा जबराको कार्यकाल चार वर्षको हुनेछ । वि.सं. २०७९ मङ्सिर २८ गतेसम्म उहाँको कार्यकाल हुनेछ ।
पछिल्लो २३ वर्षयता सबैभन्दा लामो कार्यकाल भएका प्रधानन्यायाधीशका रूपमा जबराले न्यायालयको नेतृत्व गर्नेछन् । यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले २०४८ देखि २०५२ सालसम्म करिब चार वर्षको कार्यकाल पूरा गरेका थिए उपाध्यायले तीन वर्ष दश महिना प्रधानन्यायाधीशका रुपमा न्यायालयको नेतृत्व गरेका थियो ।
सुनुवाइका क्रममा मंगलबार जबराले सांसद्हरूले उठाएका प्रश्नको जवाफमा ‘न्यायपालिकाका लागि संविधान सर्वोच्च’ हुन्छ भनी जवाफ फर्काएका थिए । मंगलबार दुई र आइतबार दश सांसद्ले जबरालाई न्यायालय नेतृत्वका रुपमा कार्ययोजना र प्राप्त उजुरीमाथि जवाफ माग गरेका थिए । त्यसैगरी जवाफका क्रममा जबराले संसद्मा पेस गरेको कार्ययोजना अनुसार आफू अघि बढ्ने र न्यायमा पहुँचका लागि सेवाग्राहीलाई समानतापूर्वक काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । साथै राज्यका तीन निकाय आ–आफ्नो क्षेत्राधिकारमा रहनुपर्ने भन्दै संविधान र कानुनबाहिर न्यायालय नजानेसमेत जिकिर गरेका छन् ।
‘संविधान, कानुन तथा विधिशास्त्रको मान्य सिद्धान्तका आधारमा अदालत अगाडि बढ्छ । हामीले कहिलेकाहीँ कानुन र प्रक्रियागत प्रश्न सरकारका काममा उठाएका छौँ । संविधान र कानुन बमोजिमभन्दा बाहिर अदालत जाँदैन ।’ जबराले भने ।कुनै वाधा अड्चन नआए अब जबराले चार वर्ष सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । हेरौं,प्रतिबद्धताअनुसार कार्य सम्पादन हुने कि नहुने समयले बताउँनेछ ।

प्रकाशित : १८ पुस २०७५, बुधबार ००:००