१९ बैशाख २०८१, बुधबार । May 1, 2024

मुख्य खबर

इमानसिङ पुरस्कार लोवालाई



काठमाण्डौ  । येले तङवे ५०७८ अर्थाथ २०७५ सालको इमानसिंह चेम्जोङ पुरस्कार साहित्यकार पुष्पहाङ लोवालाई प्रदान गर्ने भएको छ । .विगत डेढ दशकदेखि लिम्बू साहित्यमा कलम चलाउँदै आएको लोवाले पचिस हजार रुपैया सहित तामापत्रद्धारा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

 

किरात याक्थुङ चुम्लुङले ललितपुरस्थित केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी लेखक लोवाको ‘तम्अम्भुङ’ नामक कृतिका लागि उक्त पुरस्कार प्रदान गरिने जनाएको छ । लिम्बु भाषा र साहित्य क्षेत्रमा कलम चलाउँदै आएका लेखकहरुलाई केही वर्षदेखि चुम्लुुङले यस पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कृत लोवाले आफ्नो कृतिलाई पुरस्कृत र सम्मान गरेको पाउँदा आफूलाई गौरव र यस क्षेत्रमा अझ जिम्मेवारी बढेको बताएका छन् । यस अघि येहाङ लावती,अमर तुम्याङ,थाम्सुहाङ पुष्प सुब्बा यस कृतिद्धारा पुरस्कृत गरिएको थियो ।

प्रकाशित : १७ पुस २०७५, मंगलबार ००:००