१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

Life Style

लुङथुङ–गाउँको इतिहास



लेखक

ताप्लेजुङ जिल्लाको उत्तरी भेग तम्मोर–खोला क्षेत्रमा पर्दछ । यहाँ भोटिया मुलका मानिसहरु बसोवास गर्छन । यो गाउँको छिमेकी गाऊँहरुमा चाहिँ लिम्बु जातिहरु बसोवास गर्छन । लुङथुङ गाउँमा बसेका यी भोटियाहरुलाई अघि भोटे÷भोटिया मात्र भनिन्थ्यो । नेपाली नागरितामा चाहिँ उनीहरुलाई ‘शेर्पा–जाति’ भनेर लेखाइएको थियो । आजभोली चाहिँ यीनीहरु वालुङ–जाति बन्ने प्रकृयामा लागेका भेटिन्छन ।

लुङथुङ गाउँको विचमा एउटा देवता छ । स्थानीयले त्यसलाई ‘ढाक्पे–ढण्डु’ भन्दछन् । जस्लाई ‘युल्हा’ (गाउँको मुख्य देवता) पनि भनिन्छ । प्रत्येक वर्ष बैशाख पुर्णिमाको दिन लुङथुङबासी भोटियाहरुले त्यहाँ पुजा गर्छन् । त्यो पुजालाई उनीहरु ‘नेःसो–पुजा’ भन्दछन् । स्थानीय तेन्जिङ लामाको भनाई अनुसार ‘नेःसो’ को अर्थ भोटिया भाषामा ‘गाउँको देवतालाई मनाउनु’ भन्ने बुझ्mिन्छ । जस्तैः ‘ने’ भन्नाले ‘गाउँ÷ठाउँ’ र ‘सो’ भन्नाले ‘देवतालाई मनाउनु’ भन्ने अर्थ लाग्दछ । यसरी बैशाख पुर्णिमाको दिन उक्त देवता (ढाक्पे–ढण्डु) को पुजा अथवा ‘नेःसो–पुजा’ गरियो भने एक वर्ष सम्म गाउँमा प्रकृतिक प्रकोप नहुने, दुःख–कष्ट, रोग तथा महामारी नआउने जन–विश्वास त्यहाँका स्थानीयवासीहरु गर्दछन । जस्लेगर्दा त्यहाँका भोटियाहरुले यो पुजा तीन दिनसम्म भब्य रुपले गर्दछन । यसबेला उनीहरुले एउटा सुँगुर काटेर सामुहिक भोज पनि खाने गर्छन तर सुँगुर चाहिँ पुजाको अघिल्लो दिन नै मार्दछन् किनभने त्यो (नेःसो) पुजा गर्दा लामा प्रयोग गर्नु पर्दछ, लामाले यसरी देवताको पुजा गर्दा मार–काट गरेकोलाई त्यति स्वीकार्दैन ।

लुङथुङवासी भोटियाहरुले गाउँको देवता (डाक्पे–ढण्डु) लाई मनाउन यसरी ‘नेःसो–पुजा’ गरेको बेला छिमेकी गाउँका अन्यः भोटियाहरु पनि आउने गर्छन् तर लिम्बुहरु चाहिँ आउँदैनन् । कुनै कामले लिम्बुहरु त्यहाँ आए पनि यो पुजा गरेको बेला उनीहरु त्यहाँबाट भाग्छन् किनभने यो (नेःसो) पुजामा लिम्बुहरु उपस्थीत हुँदैन भन्ने मान्यता त्यस भेगमा पाइन्छ । मुख्यकुरा यस पुजामा त्यहाँको गाउँको देवता (ढाक्पे–ढण्डु) को पुजा गरिन्छ । स्थानीयवासीको भनाई अनुसार यो देवताले अघि लिम्बुहरुलाई एउटा सराप दिएका छन् । त्यसकारण उक्त देवताको पुजा गर्दा लिम्बुहरु त्यहाँ भए भने पुजामा अशान्ती हुने, झ्mै–झ्mगडा हुने अथवा त्यहाँ भएका लिम्बुहरु विरामी हुने, कहिले–काहिँ उनीहरुको मृत्यु समेत हुनसक्ने जन–विश्वास त्यस क्षेत्रमा गरिन्छ । त्यसैले पनि उक्त पुजामा लिम्बुहरु सहभागि नभएका हुन् । अवः त्यसो भए लुङथुङ गाउँको त्यस देवताले लिम्बुहरुलाई किन सराप दिए त ? यसवारे त्यस भेगमा एउटा लोक–कथा भेटिन्छ । स्थानीय तेन्जिङ लामा, छिरिङ थुन्डुक इलावा र केःसिङ् लङवा (लिम्बु) ले दिएको जानकारी अनुसार त्यो कथा यस प्रकार छ ।

‘अघिः लुङथुङ–गाउँमा नेयोङ थरी लिम्बुहरु बस्ने गर्थे । लिम्बु बाहेक अरु कुनै पनि समुदायहरु त्यहाँ थिएनन । एक पल्टको कुरा हो माथि भोट (तिब्बत) बाट गेलोङ नाम गरेको एकजना लामा घुम्दै–फिर्दै त्यहाँ (लुङथुङ गाउँमा) आइपुग्यो र गाउँ नजिकै ओराढमा ऊ बास बस्यो (आजभोली त्यो ओराढ गाउँको विचमा पर्दछ) । उसले साथमा एउटा भ्याङलुङ (तिब्बतमा पाइन्ने एक प्रकारको भेडा) पनि लिएर आएको थियो । त्यहाँका स्थानीय नेयोङ लिम्बुहरुले त्यो भोटे–लामाको भ्याङलुङलाई मारेर खान खोजे तर हिँसा नगर्ने लामाले आफ्नो भ्याङलुङलाई यसरी मार्न दिएनन । त्यसपछि उनीहरुले जवर–जस्ती त्यो भ्याङलुङलाई मार्न खोजे । लामाको त्यहाँ केहि उपाय चलेन । अन्त्यमाः उसले भ्याङलुङलाई मार्नु पहिले मलाई मार, पशुलाई मारेको म हेर्न सक्दिन भनेर भन्यो । त्यसपछि लिम्बुहरुले लामालाई पनि मार्न खोजे । लामाले केहि समय म प्रार्थना गर्छु अनि मात्र मलाई मार्नु भन्यो । त्यसपछि ऊ पूर्व्तिर फर्केर प्राथना गर्यो । त्यहाँ उसले ‘मलाई मार्ने र मेरो भ्याङलुङको मासु खाने यहाँका सबै लिम्बुहरु रोग लागेर सखाप होउन्, यो गाउँ मानव बस्ती विहिन बनोस र म जस्तै भोटेहरु यहाँ आएर बस्ती बसालोस । अनी म उनीहरुको देवता भएर यो गाउँमा उनीहरुको संरक्षण गर्दै बसौँला’ भनेर मन्त्र जप्यो ।

अन्त्यमाः लिम्बुहरुले लामालाई मारेरै छाडे र उसको छालालाई नजिकैको ढुङ्गामा सुकाए । भ्याङलुङलाई पनि काटेर खाए । ती लिम्बुहरु मध्ये केहिले चाहिँ त्यो भ्याङलुङको मासु खाएनन । केहि महिना पछि लुङथुङ गाउँमा ठुलो महामारी फैलियो । रगतमासी लागेर त्यहाँका सबै लिम्बुहरु मर्न थाले । भ्याङलुङको मासु नखोनेहरु मात्र बाँचे । ती बाँचेका लिम्बुहरु त्यहाँबाट भागेर अन्य ठाऊँमा बस्न थाले । एकजना चाहिँ माथि नुप्लुङतिर पनि गएर बस्यो । नुप्लुङ जाने चाहिँ विजुवा थियो । त्यहिँ बेला पारी हेल्लोकको लेक्वाहाङ लिम्बु गाउँमा पनि ‘अनुक्पा’ (एक प्रकारको सुँगुर जस्तो) राक्षस निस्केर त्यहाँका लिम्बुहरुलाई दुःख दिन थाल्यो । त्यो राक्षसले घरमा कोक्रोभित्र राखेको सानो बच्चाहरुलाई खाने गर्दथ्यो । त्यसपछि हेल्लोके लिम्बुहरुले माथि नुप्लुङबाट त्यो विजुवालाई ल्याएर आए र राक्षसलाई भगाउने काम गरे । विजुवाले मन्त्र जपे पछि त्यो राक्षस हरायो । त्यसपछि विजुवा पनि फर्केर नुप्लुङतिरै गयो । केहि दिन पछि फेरी त्यो राक्षस निस्क्यो र पहिले जस्तै बच्चाहरुलाई खान थाल्यो । हेल्लोकेहरुले पुन त्यो विजुवालाई लिएर आए । अवः चाहिँ उनीहरुले विजुवालाई गाउँमै राख्ने बन्दोबस्तो मिलाए । यसरी विजुवा बस्न थालेपछि त्यो राक्षस पुर्ण रुपले हरायो । अन्त्यमा विजुवाले त्यहिँ घरजम गर्यो र आफ्नो सन्तान बढायो । आजभोली हेल्लोक गाउँमा ९÷१० परिवार नेयोङ थरी लिम्बुहरु भेटिन्छन् । तिनीहरु त्यहिँ विजुवाकै सन्तान हुन भन्ने भनाई छ । कुनै कारणले ती नेयोङहरु हेल्लोक गाउँबाट गए भने फेरी त्यो अनुक्पा (राक्षस) निस्कन्न सक्छ भन्ने विश्वास हेल्लोक–गाउँमा अझ्mै पनि भेटिन्छ ।

यसरी लुङथुङ गाउँबाट लिम्बुहरु विस्थापित भए पछि त्यो गाउँ बस्ती विहिन बन्यो । पछि विभिन्न क्षेत्रबाट भोटिया–मुलका मानिसहरु आएर त्यहाँ बस्न थाले । त्यहिँबेला उत्ता सिङसा (सिङसा क्षेत्र आजभोली संखुवासभा जिल्लामा पर्दछ) बाट पनि गोम्बु नामको एउटा भोटे आफ्नो श्रीमति दिक्कीसँग लोक्ता काट्दै–काट्दै त्यहाँ आइपुग्यो र लुङथुङ देखि माथिको एउटा जग्गामा बस्यो । त्यो भोटे धामी पनि थियो । एक पल्टको कुरा हो, लुङथुङ गाउँमा एउटा भोटे साह्रै विरामी भयो । त्यसको उपकारको लागि गाउँलेहरुले तिनै सिङसा देखि आएको भोटे धामीलाई बोलाएर ल्याए र जोखना हेराए । विरामीको जोखना हेरेपछि त्यो धामी काम्न थाल्यो । उस्को आत्मामा अघि लिम्बुले मारेको भोटे–लामाको आत्मा चढ्यो र ऊ काम्दै–काम्दै गाउँ नजिकै ओराढमा गएर पस्यो । त्यसपछि ऊ बक्न थाल्यो ‘हे यहाँका भोटेहरु हो, म भोटे–लामा हो, अघि यहाँका लिम्बुहरुले मेरो भेडा र मलाई यहाँ मारेका थिए । अहिले म तिमीहरुलाई संरक्षण गर्न यहाँ देवता भएर बसेको छु । तिमीहरुले यहाँ मेरो एउटा थान बनाएर मलाई पुजा गर, म सँधै तिमीहरुको संरक्षण गरि रहने छु, नत्र यसरी नै तिमीहरुलाई दुःख दिई रहने छु ।’ यसरी ऊ त्यहाँ लामो समयसम्म बन्दै बक्यो । यो कुरा त्यहाँका सबै भोटेहरुले सुने । त्यसपछि तिनीहरुले त्यहिँ ओराढमा देवताको एउटा थान बनाए र पुजा गरे । त्यो भोटे विरामी पनि जाति भयो ।

त्यहिँ समय देखि लुङथुङ गाउँका भोटेहरुले उक्त देवताको पुजा गर्न सुरु गरे । त्यो देवतालाई उनीहरुले ‘ढाक्पे–ढण्डु’ नाम राखिदिए । ‘ढण्डु’ को अर्थ ‘राजा’ भन्ने बुझ्mिन्छ । गाउँको राजाको रुपमा उनीहरुले त्यसलाई पुजा गर्न थाले । प्रत्येक वर्ष बैशाख शुक्ल पक्ष चण्डीपुर्णिमाको दिन उनीहरुले भब्य रुपमा त्यो देवताको पुजा गर्न थाले । त्यसलाई उनीहरुले ‘नेःसो–पुजा’ भन्न थाले । आजभोली पनि उनीहरुले यो पुजा उतिकै मात्रामा भब्य रुपले गर्दै आएका छन् ।

यसरी लुङथुङ क्षेत्रमा भोटे÷भोटियाहरुको बस्ती विस्तार हुँदै गयो । नेयोङ थरी त्यहाँको पुरानो बासिन्दा लिम्बुहरु त्यहाँ मासिए । कोहि त्यहाँबाट विस्थापित भए । आजभोली यी (नेयोङ) थरका लिम्बुहरु ताप्लेजुङ जिल्लाको हेल्लोक, फुङलीङ, साँघु र फाकुम्बा गाउँमा केहि परिवार बसेका भेटिन्छ । त्यसैगरी संखुवासभा जिल्लाको नुन–ढाकी स्थीत यङसङबु, फावेन र धनकुटा जिल्लाको बुढी–मोरङ स्थीत फलामे–टार र फाक्सीप क्षेत्रको गैरी–गाउँतिर पनि यीनीहरु बसेका भेटिन्छन । यी ठाउँहरु मध्ये फाक्सीप क्षेत्रमा चाहिँ यीनहरुको बस्ती धेरै भेटिन्छ । त्यसकारण उनीहरु मध्ये कतिपयले आजभोली यी नेयोङ थरी लिम्बुहरुको उद्गम स्थल त्यहिँ बुढि–मोरङ तिरे भएको दावि पनि गरेको भेटिन्छ । यध्यपि उनीहरु मध्ये नै कतिपय चाहिँ

फाक्सीप आदि गाउँमा पनि यीनीहरु भेटिन्छन् । उनीहरु मध्ये केहि ब्याक्तिहरु आजभोली प्रत्येक वर्ष लङथुङतिर जाने गर्छन र नुप्लुङ भन्ने ठाउँमा पुजा गर्छन । त्यहाँ ढुङ्गाको पर्खाल लाएको एउटा पुरानो घर भेटिन्छ । त्यो घरलाई नेयोङहरुले आफ्नो पूर्खाैली घर अथवा उत्पति–स्थल (माङ्गेना–यक) को रुपमा पुजा गर्छन् । केहिले चाहिँ त्यो घर अघि लाप्चेहरुको दरवार भएको दावी पनि गर्छन ।

प्रकाशित : १७ पुस २०७५, मंगलबार ००:००