१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Life Style

चिसो चासो



अहिले चिसो मौसमको मध्य अवस्थामा छौ । केहिदिन अघि देशको विभिन्न भागमा परेको भारी हिमपातका कारण झन चिसो थपिएको छ । चिसो याममा हिमाली, उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराई क्षेत्रमा हुने शीतलहरका कारण हरेक बर्ष जनजीवन नराम्ररी प्रभावित हुने गरेको छ । जनधनको समेत क्षति हुने गरेको छ । चिसोका कारण हुने स्वास्थ्य समस्या पनि यो मौसममा जटिल हुने गरेका छन । मौसम विदका अनुसार अझै चिसो बढ्दो क्रममा छ ।
एउटा कहावत छ ‘हेपेको खोलाले बगाउँछ’, झट्ट सुन्दा हामीलाई चिसोका कारण हुने समस्या खासै समस्या लाग्दैन र हाम्रो समाजले यसको प्रभाव र बँच्ने उपायहरुको बारेमा बहस पनि गर्दैन । सरकारी तथा गैरसरकारी क्षेत्रबाट पनि यसको प्रभाव तथा जोगिने उपायहरुको बारेमा सचेतना कार्यक्रम गर्ने प्राथमिकताको क्षेत्रमा पार्दैन । आवश्यक पनि ठान्दैनन् । तर बर्षेनी चिसोका कारण ज्यान गुमाउने नागरिकको तथ्याङकको ग्राफ घटेको छैन । सिरक ओड्न नपाएर या हिउँले खाएर देखिने गरि प्रभावितलाई मात्र यो समस्याबाट प्रभावित देख्ने भएकाले पनि अरु थप समस्या आउने गरेका छन् । खास गरी चिसोको कारण हुने रुघाखोकी, दम र छातीको समस्याका कारण ठूलो संख्यामा नागरिक प्रभावित हुने गरेका छन् । चिसोको समस्यालाई समस्याको रुपमा नलिँदा यसले चिसो चुनौतीको रुपमा वृृद्धि भएर गएको हो ।
रोग लागेर उपचार गराउँनु भन्दा रोग लाग्नुबाट बच्नु राम्रो भन्ने भनाईलाई व्यवहारिक रुपमा प्रयोग गर्नु आजको अपरिहार्यता हो । चिसोको सवालमा मात्र होइन । अन्य सामान्य दैनिकीमा पनि यो कहावतको पालना गर्न सके हरेक नागरिकको स्वास्थ्य अवस्था राम्रो हुनेमा कुनै शंका छैन । तर टेबलको एक कुनामा औषधीको पोका राखेर मादक पदार्थ सेवन गर्दै गरेको दृष्य हाम्रो लागि नौलो होइन । बरु, अन्य विभिन्न समस्याहरुको बारेमा थोर बहुत भएपनि छलफल हुने गर्दछन् । डिसकोर्श हुने गर्छन । सचेतना अभियानहरु चलाईन्छ । तर चिसोबाट बच्ने उपायहरुबारे ग्रास तहमा हुदैन । समस्याको भयावह भएपछि राजधानी, देशको विभिन्न सहर र विदेशमा समेत राहत संकलन गर्ने फेसन झै भएको छ ।
झट्ट हेर्दा खासै समस्या जस्तो नदेखिने तर बर्षेनी धेरै नागरिकको ज्यान जाने कारण बनेको चिसोबाट बच्ने उपायहरु अपनाउनु सबैभन्दा बुद्धिमानी हुन जान्छ । सामान्य सावधानीहरु मात्र अपनाउँदा पनि ठूलो समस्याबाट बच्न सकिन्छ । यस्तो मौसममा खास गरी बालबालिका, वृद्धवृद्धाहरु, शारिरिक अशक्तता भएका व्यक्तिहरु र रोगी विरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुको हेरचारमा ध्यान पु¥याउनु पर्छ । त्यसता व्यक्तिहरुलाई घरमै आराम गराउँनु सबै भन्दा उत्तम हुन्छ । घर बाहिर निस्कनै परे निगरानी राख्नु पर्छ । गाउँघरतिर त झन कतै लडे भने घण्टौसम्म त्यहाँ अरु मानिसले नदेख्न पनि सक्छ र चिसोमा कक्रन सक्छ । यस्तो बेला पोशिलो खानाको ठूलो भूमिका हुन्छ । पोशिलो तथा झोलिलो खानाले चिसोका बेला फाइदा गर्छ । शारिरिक व्यायमलाई पनि निरन्तरता दिनु पर्छ । पुरा निद्रापनि चिसो मौसममा महत्वपूर्ण हुन्छ । गरिहो निद्राले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । विहानको घाममा भिटामिन डि प्राप्त हुन्छ । त्यसैले विहानीको घाम तापेर फाइदा लिन सकिन्छ । दैनिक ६ देखि ९ कप पानी वा अन्य स्वास्थ्यवद्र्धक झोलिय पदार्थ लिनु उपयुक्त हुन्छ । न्यानो शरीर ढाक्ने कपडा लगाउनु पर्छ । यस्ता सामान्य सावधानीले मात्र पनि ठूलो समस्या आउनबाट बँच्न सक्छौ । जसले चिसोसंग जुद्न सामान्य न्यानो कपडाको पनि व्यवस्था गर्न सक्दैन उनीहरुको लागि सरकारीले व्यवस्था गर्नु पर्छ । यसो भयो भने चिसोकै कारण अकालमा नागरिकले ज्यानु गुमाउनु पर्दैन ।

प्रकाशित : १७ पुस २०७५, मंगलबार ००:००