२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

नेपालमा अब कोही पनि गरिब हुदैनन् : प्रम ओली



काठमाडौं १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही पनि गरिब नहुने बताउनुभएको छ ।
संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
नेपालमा श्रमजवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृति विकास र आर्थिक स्थिती सुधार गर्नका लागि सधैं सकारात्मक रहने प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।”
प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्ने नभइ गरिबलाई धनी बनाउने बताउनुभएको छ । “सामाजिक समानताका आधारमा गरिवलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरीका कार्यक्रमहरु ल्याउछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । तर हामी त्यो अवस्थामा पुग्छौं ।”
प्रधानमन्त्री ओलीले शितलहरबाट तराईमा हुने मृत्यूलाई रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । “शितलहरबाट जोगाउनका लागि सुरक्षा निकाय,स्थानीय तह प्रशासन,निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस बर्ष देखि जाडोले कठ्यांग्रिएर कसैले मर्नु पर्दैन ।”
प्रधानमन्त्री ओलीले सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई त्रसित पार्न खोजेको बताउनुभएको छ । आधा शताब्वदी भन्दा लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न सचेत गराउनुभएको छ । “सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
तस्विर : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित : १३ पुस २०७५, शुक्रबार ००:००