१९ बैशाख २०८१, बुधबार । May 1, 2024

मनोरञ्जन

चलचित्र पुरानो बुलेटमा अनुपको पोजे लुक्स



काठमाण्डौ, ११ पौष । चलचित्र पुरानो बुलेटका नायक अनुप विक्रम शाहीको फस्ट लुक सार्वजनिक भएको छ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ । पत्रकार भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो बुलेट’मा अनुप गाउँको एक ‘पोजे’ युवाको भूमिकामा छन् । कानमा ठूलो कुन्डल, लामो कपाल, हातमा पन्जा, बेगी पेन्ट र डिङ्गो बुट र हिड्डुल गर्दा भने उनको साथमा पुरानो बुलेट छुट्ने छैन ।


यस्तो पोजे लुक्समा आफूलाई पाउंदा दर्शकले फरक महसुस गर्ने नायक अनुप विक्रम शाहीले बताए । भन्छन् ‘अन्य चलचित्र भन्दा यस चलचित्रमा मेरो गेटअप फरक छ ।’ अनुपले उक्त चलचित्रमा निकै मेहनत गरेको बताउंछन् । उनले मुस्कुराउँदै भेटमा भने–‘मेरो फरक लुक्स सँगै मेरो क्यारेक्टरमा निकै मेहनत गरेको छु त्यसैले यस चलचित्रबाट मैले धेरै आशा गरेको छु ।’

चलचित्रमा अनुपका अलवा वर्षा शिवाकोटी, माला लिम्बु, शिव मुखिया, कृष्णभक्त महर्जन, कविता आले, शिरोमणि दवाडी, बारत लिम्बु, बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई, मात्रिका पौडेल लगायतको अभिनय रहेको छ । पूर्वको रमणीय स्थलहरुमा हरि घले लामाले खिचेको यस फिल्मका निर्माण नियन्त्रण याम वलीले सम्हालेका थिए ।
निर्देशक भीषण र कार्यकारी निर्माता सन्तोष राईको कथा रहेको यस चलचित्रलाई अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुमा निर्माण गरेका हुन् ।

प्रकाशित : ११ पुस २०७५, बुधबार ००:००