१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना



दाङ  ९ मंसिर । दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १ च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो ।
दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ । एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए । नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ ज १२३ नं को एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ । रासस

प्रकाशित : १० मंसिर २०७५, सोमबार ००:००