१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

ग्लोबल

इराकमा बाढीमा परी २१ जनाको मृत्यु



एएफपी
बग्दाद । इराकमा व्यापक वर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । बाढीमा दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।
वर्षापछि आएको बाढीका कारण दर्जनौँ वस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल–बाडरले बताए । देशको कैयौँ भागमा खेतीजन्य जमिनमा डुबान हुँदा ठूलो मूल्य बराबरको बालीनाली, फलफुल तथा तरकारीसमेत नष्ट भएको उनले बताए । बाढीको कारण भएको क्षतिको विवरण प्राप्त भइरहेकोे बताउँदै बाढीका कारण मृत्यु हुनेको सङ्ख्यामा थप वृद्धि हुनसक्ने उनले बताए ।
वर्षापछि आएको बाढीमा मृत्यु हुने अधिकांश डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको बाढीपीडितका आफन्तजनले बताएका छन् ।

प्रकाशित : १० मंसिर २०७५, सोमबार ००:००