५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

बिचार

सम्झनामा आकास



आजकल सामाजिक सञ्जाल सूचना प्रवाह गर्ने प्रभावकारी माध्यम बनेको छ । नियमित झै दुई साता अघि फेसबुक अपडेड् गर्नै लागेको थिएँ —‘युद्ध कमाण्डर अइन्द्र केरुङ (क.आकास) हामी माझ रहेनन्’ भनि आकस्मिक फेसबुकका वालभरी श्रद्धाञ्जलीका शब्द गुच्छाद्धारा दुःखद निधनको खबर सुन्न पाइयो । सुरुमा फिटिक्कै प्रत्यार लागेन कता—कता सपना या विपना ठम्याउँन सकिन, झुठो सावित भइदिए हुन्थ्यो भन्ने लाग्यो । तर, उनको निधन शास्वत सत्य थियो जुन अकल्पनिय घटनाले छिनभरमै नयन रसाए भने असाध्यै पीडा र स्तब्ध तुल्यायो । निडर,प्रष्ट बक्ता, हक्की स्वभावका धनी उनको निधन सिर्फ नश्वर देहमात्र मात्र थिएन् त्याग,निष्ठा र सादगी राजनीतिज्ञको दुखत अवशान थियो ।

ठ्याक्कै याद नभएपनि ५९ साल फाल्गुणतिर जस्तो लाग्छ । उहासंग पहिलो भेट ओयामको धर्मभक्त प्राथमिक विद्यालयमा आयोजित सभामा भएको थियो । युद्धकालीन जनसरकार क्षेत्र निर्धारण अनुसार पाँचथरका २ ओटा इलाकाका इन्चार्जको हैसियतमा उक्त सभामा प्रमुख अतिथिको रुपमा आकास हुनुहुन्थ्यो । ओयामका पार्टी इन्चार्ज भने एकतीनका रोशन रिजाल हुनुहुन्थ्यो ।  सहयोगी भूमिकामा हामी रहेका थियौं । होचो कदमा ‘टाटेपाङग्रे स्पोर्ट ज्याकेट’ लगाएका उनलाई खुब स्मार्ट र भलाद्मी देखिनु हुन्थ्यो । सुरुमा उनको होचो र सानो ज्यान देखेर सहभागी दर्शकहरु त्यती आकर्षित नभएपनि अन्तिममा माओवादी जनयुद्ध र आन्दोलनको विषयमा राखेको धाराप्रवाह मन्तव्यले सवै दर्शकदिर्घा मन्त्रमुग्ध,गम्भीर बनेका थिए ।

दोस्रो भेट ः ०६० साल साउन महिनाको कुरो हो । ओयाम गा.ज.स.बाट एकैचोटी झण्डै ६० जनाले डब्लु—टी बनेर माओवादी जनयुद्धमा होमिने निर्णय गरेका थिए । यस नयाँ डब्लु टी हुने टीममा मपनि थिएँ । यस टीमको नेतृत्व अमृत योङया (क.रघु) ले गर्नु भएको थियो ( हालःउनी कांग्रेस पार्टीमा हुनुहुन्छ ) । त्यसै सिलसिलामा ओयाम चरिभञ्याङ हुँदै एकतीनको जरिङंगे पुग्दा पार्टीको विषयमा क्लास लिने क्रममा ंदोस्रो भेट भएको थियो । पछि मेमेङबाट शारीरिक रुपमा कमजोर र घरायसी समस्या कारण म भने घर फर्किनु पर्ने भयो ।

‘विभिन्न चरणमा उहाँसग भेट भएपनि राजनीतिक हिसावमा म कलिलो भएकाले खासै बैचारिक छलफल भएन । ६१ साल अन्तिमतिर ओयाम डाँडामा जनमुक्ती सेनाको सातौं विग्रेड १९ बटालियनको ‘वि’कम्पनीको आगमन भएको थियो । त्यसैबखत सार्वजनिक रुपमा गोरु ढालेर भोजन गरेको देखेको पहिलो चोटी हो, मैले । नेपाल जस्तो बहुधार्मिक ,बहुसाँस्कृतिक मुलुकमा गाईलाई राष्ट्रिय जनावर राखिनु उपयुक्त हुँदैन भन्ने (धर्मनिरपेक्ष राज्यको पक्षमा) विचारकासाथ राज्यसत्ताविरुद्ध उक्त गोरु काटिएको थियो । यस्को सान्दर्भिकता अहिले तड्कारो देख्छु । त्यस कम्पनीे कमाण्डर नवीन जवेगू हुनुहुन्थ्यो भने आकाससमेत त्यस टोलीमा रहनु भएको थियो ।

पछि शान्ति प्रक्रियासंगै माओवादीले फिदिममा पहिलो चोटी सार्वजनिक समारोह कार्यक्रम आयोजना गरेको थियो त्यस कार्यक्रमको सञ्चालकको भूमिकामा क.आकासलाई देख्न पाएको थिएँ । त्यसवेला म गाउँ÷पार्टी छाडेर क्याम्पस पढ्न फिदिम झरीसकेको थिएँ । अन्तरीम सरकार गठनसंगै माओवादीले ०६४ सालको चुनावमा सहभागी बन्यो र पहिलो दल बन्न सफल बन्यो । त्यसताका मलाई क्रान्तिकारी पत्रकार संघ पाँचथर संयोजकको जिम्मेवारी पार्टीले जिम्मा दिएको थियो । ठूलो दलबनेपछि देशभर माओवादी पार्टीले एक ढंगले आन्दोलनको तहल्का मच्चायो । हेर्दाहेर्दै राजतन्त्रको औपचारीक अन्त्य भएको घोषणा भयो । मुलुक संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । राज्यको सवै क्षेत्र र निकाय एकप्रकारले माओवादीमय बन्यो । यसै सिलसिलामा आकाससंग नियमित जसो सम्पर्क÷सन्निकटता रहँदै आएको थियो ।

‘युद्ध भन्दा युद्धपछिको शान्तिकाल जटिल र खतरानाक हुन्छ,’ भन्ने कहावत नै छ । युद्धको शान्तिपूर्ण अवतरणसंगै सम्पन निर्वाचन पछि सिर्जित जटिल परिस्थितिहरुमा,आन्दोलन र पार्टीको काममा उहासंग नियमित छलफल र भेटघाट भई रहन्थ्यो । भेटमा सधै समाजवादी आन्दोलन र दिर्घकालिन कार्यदिशाको विषयमा छलफल गर्न रुची राख्नु हुन्थ्यो । सांगठनिक मजबुती र कार्यदिशाबारे सप्से बढी चिन्तित हुनुहुन्थ्यो । उनी पार्टीभित्रको स्वच्छ प्रतिस्पर्धा पक्षधर थिए । आलोचना र आत्मालोचनाको धारलाई धारिलो बनाउने कुरोमा उहाँ दृढ हुनुहुन्थ्यो । उनीमा कुनै प्रकारको लोभ,लालच थिएन । धेरै कमरेड छ्न जो पार्टीका आडमा अथाह व्यक्तिगत सम्पति जोडने, कतिपयले रातरात जनयुद्ध र क्रान्तिको आदर्श गुमाएँ । तर, उनले पार्टीै र क्रान्तिको मर्म र भावनासंग किमार्थ सम्झौता गरेनन् ।

दोस्रो संविधानसभा निवार्चन—२०७० पछि राजनीतिक क्रियाशीलतामा कमी आएको थियो,उनको । पार्टी टुटफूट,माओवादी पार्टीप्रति जनताको गिर्दो आकर्षण र मंहगो चुनावी प्रतिकुलताका बावजुद उनले निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्धवारी दिने निर्णय भयो । चुनावी नतिजा अनुकूल नहुने कुरा पक्कापक्की हुँदाहुँदै पार्टीको प्रतिष्ठा र अस्तित्वका लागि उनी चुनावी लडाइँमा पार्टीको इमान्दार सिपाहीका रुपमा उत्रेका थिए । खासगरी चुनावी अभियानमा नेकपा—माओवादी (वैद्य) पार्टीको आक्रमणको मुख्य तारो बन्न पुग्यो,अर्कोतिर पकड,पैसा र प्रपोगण्डा राजनीतिका माहिर खेलाडी कांग्रेस र एमाले पार्टीसंग प्रतिपस्पर्धा गर्न सामान्य थिएन । यस्तै प्रतिकुलतावीच करिव ३ हजार मत ल्याएता पनि झिनो मतको कमीले जमानत जफत

बाटसमेत आफ्नो उम्मेद्धवारी जोगाउन असफल हुनुभयो । आफ्नै पार्टीबाट फुटेर गएका समूहबाट आक्रमण तारोप्रति पछिसम्म असन्तोष व्यक्त गर्नु हुन्थ्यो । यहीबाट उनको राजनीतिक जीवनमा ठूलो नैरास्यता सुरु भयो । घरायसी व्यवस्थापनमा आएको आर्थिक समस्या र राजनीतिक नैराश्यताद्धारा सिर्जित तनाव हल गर्न नसक्दा नराम्रोगरी अमलमा फस्न पुग्नु भयो जस्ले अल्पकालमै एक आदर्श क्रान्तिकारी योद्धाको चोला उठायो । यसरी परिवारका सारा खुशी,व्यक्तिगत स्वार्थ र चाहानालाई दाउमा राखेर उनले सिंगो जीवन पार्टी संगठन र सिद्धान्तमामा विताए । पार्टी जीवनमा जस्तोसुकै संकट आएपनी उहाँमा कहिल्यै विचलन आएन

बरु फूटेर जानेहरुको आक्रमण र आक्रोशको सामना गर्नु प¥यो भने एकता र सुदृढीकरण पक्षमा सत्तिसाल झै बनेर उभिए । यी होनुहार योद्धाका हाल १ छोरा, १ छोरी र श्रीमती छन् । यिनीहरुको पठनपाठन र व्यवस्थापनको जिम्मा पार्टी लिनु पर्छ कि पर्दैन ? प्रश्न अनुत्तरीत छ ।

अन्यत्मा ः युद्ध र क्रान्तिको रंगीन सपना धुमिल बन्दै गएको वर्तमान अवश्थामा उहाँजस्तो व्यक्तीको अभाव अवश्थ नै खड्किरहनेछ । टुटफूट र विभिन्न गुटमा विभाजित कमरेडहरु जो राजनीतिक संस्कार फिटिक्कै छैन । व्यक्तिगत लोभ,लालच जस्ता भ्रष्ट आचरणले ग्रसित खलनायकहरुको समुल अन्त्य नभई मुलुकको समाजवादी सपना पूरा हुने कुनै छाँट छैन । हो, पार्टीसत्तामा खुरापाती स्वच्छेचारीहरुको निरन्तर राज चलेको चल्यै छ फलस्वरुपः त्यागी र इमान्दार कार्यकर्ताहरु पलायन हुने यस विषम घडीमा आकास जस्ता सादगी नेतृत्वको अवशान दुर्भाग्यपूर्ण छ । क्रान्ति र परिवर्तनका विरुद्धमा जतिसुकै जालझेल तिडकम् भएपनि समाजवादी क्रान्ती पूरा गर्ने उहाँ लगायत हजारौं शहीदहरुको अधुरो सपना पूरा गर्न नेतृव्वमा सद्वुदी आवोस् । अल्पायुमै आशालाग्दो उदीयमान नेतृत्वको भौतिक शरीर ढले पनि उहाँको उच्च संस्कृति र सादा जीवनको मूल्य कहिल्यै ढल्ने छैन् । कहिल्यै मर्ने छैन । अलविदा आकास ।

प्रकाशित : २० चैत्र २०७४, मंगलबार ००:००