२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

बिचार

गिर्दो कांग्रेसलाई उठाउँ



कृष्णकुमारी खतिवडा
कम्युनिष्टहरु एकता भए उनिहरुको जित सुनिस्चित छ भन्ने कुरा नेपाली कांग्रेस मात्र नभएर सारालाई राम्रो जानकारी थियो । कम्युनिष्टहरु तालमेल गर्न थालेपछि कांग्रेसले पनि कसरी जित्ने त्यतातिर ध्यान दिनु पर्ने थियो । जित्नका लगि कांग्रेसले पनि तालमेल गर्नु सकारात्मक भएपनि थप सुदृणिकरण हुनु जरुरी थियो । सुदृणिकरणले कांग्रेसको जित सत्तामा पुग्ने गरी नभएपनि दह्रो प्रतिस्पर्दी हुने थियो । तर सुदृणिकरण नगरी पुरानै सैलीमा कांग्रेस चल्यो । यो नै कांग्रेस पछि पर्नुको कारक बन्यो । सुदृणिकरणका लागि विषेश गरी प्रतिनिधिसभा, प्रदेशसभाका लागि छनौटमा निष्पक्षता हुन जरुरी थियो ।
कांग्रेसलाई तुरुन्त सुध्रिणिकरण गर्नका लागि टोल, गाउँ र सहरमा कार्यक्रम गर्न सम्भव थिएन । मात्र उमेद्वारी छनौटमा ध्यान दिए पुगि हाल्ने थियो । उमेद्वारीको निस्पक्ष छनौट भईदिएको भए यत्रो हार हुँदैन थियो । सुदुर पश्चिममा सभापती शेरबहादुर देउवा देखि सुदुरपुर्वमा कृष्ण प्रसाद सिटौला सम्म पहाडमा रामशरण महत देखि तराईमा विमलेन्द्र निधिको हालिमुहालीका कारण कांग्रेसको सर्मनाक हार भयो । पहिले पो कोईराला व्राण्डले कांग्रेस धानिएको थियो । जो उमेद्वार भएपनि गिरिजा वाबुको रुख चिन्ह भनेर मत हाल्थे र जित निस्चित थियो । अहिले परिस्थिति बदलिएको छ । बदलिंदो परिस्थिमा कांग्रेस बदलिनु जरुरी थियो । स्थानिय चुनाव देखि प्रदेश, प्रदेश देखि सामसद, अहिले आएर राष्ट्रपति चुनाव सम्म आई पुग्दा कांग्रेस एकादेशको कथाको पात्र जस्तै भएको छ ।
शेरवहादुर देउवाले आरजु देउवालाई थारुको वस्तीमा चुनाव लडायो । यो पहिलो गल्ती थियो । कैलाली कन्चनपुरलाई ७ नम्बर प्रदेशमा गाभेको विषयले त्यहाँका थारुहरु रुष्ट भएको बेलामा आरजुलाई उमेद्वार बनाउँदा हार्छ भन्ने अनुमान लगाउन नसक्नु देउवाको भुल थियो । अर्को भुल भनेको गरिव थारु वस्तीमा करोडौं पर्ने घर किनेर चुनाव लड्न जानु आरजुको अर्को मुर्खता थियो । रामशरण महतको यस्ता भुल धेरै छन् । नुवाकोट बाट रामशरण प्रतिनिधि सभा उमेद्वार भए । उनीसँगै आफ्ना परिवारका सदस्य रमेशलाई प्रदेश सभामा उमेद्वार बनाए । यतिमात्र नभएर प्रकाश महतलाई काठमाण्डौं बाट प्रतिनिधिसभामा उमेद्वार बनाए । के कांग्रेस पार्टीलाई जहानिया राणा सरकार जस्तो नेतृत्व बनाउँदा जनताले स्वीकारे ? यी उदाहरण मात्र हुन् । सवैजसो नामचलेका नेताहरुले यसरी भाईवन्दीगरेर चुनावमा टिकट बाँढ्नाले नेपालीकांग्रसको लज्जास्पद हार भएको हो ।
अहिलेको जमानामा मतदाताहरु सही र गलत छुट्याउन सक्ने भैसकेका छन् । नेताहरुले कहाँ गल्ती गर्दैछन् ? भन्ने बारे जनता चनाखो छन् । पटकपटक सांसद हुँदा आरजुले जनतालाई के योगदान दियो ? आरजुले मात्र महल ठड्याईन् । जनता धुलोमानै छन् । रामशरणले पटकपटक जितेर नुवाकोटका जनताको जिवनस्तर उठाएकी आफ्नो परिवारको मात्र जिवन स्तर उठाए ? महिला, आदिवासी, मधेसी, दलितको विषयमा पनि उस्तै गती छ । जहिल्यै सुजाता कोईराला, आरजु देउवाहरु भन्दा अरु प्रतिभासाली महिलाहरु देख्दैनन् । आदिवासीबाट सहि नेतृत्व नदिनु, मधेशीबाट चित्ररेखा यादव, विमलेन्द्र निधिको मात्र भर पर्नु, दलितमा मानबहादुर विश्वकर्मालाई मात्र अवसर दिनुले कांग्रेस पछि परिरहेको छ । ज्ञानेन्द्र बहादुर कार्की, बालकिष्ण खाँड, सितादेवी यादव, विमलेन्द्र निधि देखि रामचन्द्र पौडेल समेतले ब्यक्तिगत निर्णयहरु पार्टीमा लागु गर्दा पार्टी पछि परेको हो ।
चुनाव हारी सकेपछि पनि देउवा सरकारले जनताको मत लिनका लागि विभिन्न आकर्शक निर्णयहरु गरे । झट्ट सुन्दा वावा लाग्ने निर्णय कार्यान्वयन गर्न सक्ने अवस्थाको थियो ? यस्तो विवादास्पद निर्णय मध्ये एउटा थियो जेष्ठ तथा असाहय नागरिकलाई भत्ता वृद्धी । प्रजातन्त्र आएपछि कांग्रेसले लामो समय सत्ता चलायो असाहयलाई भत्ताको बारेमा अक्तोपत्तो पाएन । कम्युनिष्ले नौ महिना मात्र सरकार के चलाएको थियो वृद्ध भत्ता दिन सुरु गरीहाले । भत्ता वृद्धी सरकारको क्षमता अनुसार वृद्धी भईनै रहेको छ । अहिले अपर्झट वृद्धी गर्दा देशको अर्थब्यवस्थामा के असर पर्छ ? ख्याल गर्नु पथ्र्यो कि पर्दैन थियो । ठिकैछ अर्थ ब्यवस्थामा समस्या नपरे पनि आफु देशैभरी हारिरहेको बेलामा यस्तो निर्णय गर्नु भन्दा प्रतिपक्षमा बसेर सल्लाह वा माग राख्नु लोकतान्त्रिक हुने थियो ।
प्रदेश प्रमुख नियुक्तिको विषयमा पनि यस्तै लफडा छ । प्रदेश प्रमुख विना प्रदेशको निर्वाचन प्रभावित हुन्छ भनेर कांग्रेसलाई पहिलेनै थाहा थियो । जानिकन पनि प्रदेशको प्रमुख समयमा नियुक्ति नगरेर किन लफडा निम्त्यायो ?, राष्ट्रिय सभाको चुनाव पनि ढिला गर्नुले कांग्रेसलाई विकास हैन सत्ता मात्र चाहिएको प्रष्ट छ । जेनतेन सरकारबाट अहिले बाहिर आयो । अवत संगठन सुदृणिकरणमा लाग्ला भन्ने आस थियो । तर फेरी प्रतिनिधिसभा सामसद मनोनयन विषयमा कांग्रेसले बखेडा झिकिरहेकै छ । यो कांग्रेसको अर्को भुलको राजनीति हो । दुनियाँ सवै कम्युनिष्ट गठवन्धनले जितिरहेको बेलामा तिनजना मनोनयन कांग्रेस हारेपछिको सरकारले गर्नु भनेको कांग्रेसको नेता मात्र हैन कार्यकर्तालाई लज्जित बनाउने काम हो । एउटा सरकारले दिएको राजनैतिक नियुक्ति वा निर्णयहरु बरे नयाँ सरकारलाई असहज भएमा हटाएर आफ्नो अनुकुलको राख्ने ब्यवस्था दुनियाँको लोकतान्त्रिक ब्यवस्थामा भईआएको घटना हो । कांग्रेसले सामसद निर्वाचन हारेपछि सरकारमा रहँदा गरेको निर्णय नयाँ सरकारले खारेज गरेमा रोईकराई गर्न जरुरी छैन ।
सांसद मनोनयन, प्रदेश प्रमुख, मंत्रालयका कर्मचारी, सुरक्षा संयन्त्र, राजदुत, न्यायालय यस्ता क्षेत्रमा कसलाई नियुक्ती, सरुवा, बढुवा, कार्वाही गर्ने भन्दा पनि जनताको पक्षमा यि अंगहरुले काम गरेका छन् कि छैनन् ? यस विषयमा कांग्रेसले प्रतिपक्षको तर्फबाट आवाज उठाउनु पर्छ । सरकारी संयन्त्र भित्रको ब्याक्ति विशेषका लागि कांग्रेस नलागि सिंगो संयन्त्रको गिरेको अवस्थालाई कांग्रेसले सुधार ल्याउन भुमिका खेल्नु पर्छ । संगठन भीत्र पनि ब्याक्ति हावी र सरकारी निकायमा पनि ब्याक्ति नै हावी हुने हो भने कांग्रेस जनताबाट झन तल गिरेर जानेछ । त्यो भन्दा पहिले कांग्रेस पहिले आफैं सुध्रिनु पर्दछ । राणा परिवार जस्तो नसुध्रिने हो भने दश वर्ष पछि पनि कांग्रेस प्रतिपक्षमानै सिमित रहनु पर्छ । तसर्थ कांग्रेसको पहिलो कर्तब्य सम्भव भएसम्म विशेष महाधिवेशन गरेर आफुलाई सुधार गर्ने नत्र विषेश भेला मार्फत निण्र्नय गरेर अघि बढ्ने । अर्को कर्तब्य भनेको जनताको भावना अनुसार सरकारको विरोध वा समर्थन गरेर अघि बढे पाँच वर्ष पछि सत्तामा आउन कांग्रेसलाई सम्भव छ ।
लेखिकाः नेपाली कांग्रेसमा लामो समयदेखि महासमिति सदस्य छिन् ।

प्रकाशित : ८ चैत्र २०७४, बिहिबार ००:००