१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

प्रधानमंत्री सहित हजारौंको एकैसाथ वुद्धवचन



काठमाण्डौं । बुद्धको जन्मस्थान लुम्बिनीको प्रचारका लागि हजारौंले एक साथ वुद्ध वचन वाचन तथा स्तुती गाएका छन् ।

काठमाण्डौंको टुँडिखेलमा शनिवार आयोजित वुद्ध उपदेश तथा स्तुती गायन सभामा ७५ हजार ज्यादा मानिसको सहभागित भएको जनाईएको छ । कार्यक्रममा प्रधानमंत्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अभियानका मुख्य योजनाकार गायक धिरज राई र चर्चित पत्रकार रवी लामिछाने त्यसैगरी कलाकार राजेश हमाल लगायत अन्य कलाकारहरु, विद्यार्थीहरु, उद्योगी, ब्यावसायीहरु, खेलकुदप्रेमीहरु, अपाङ्गता भएकाहरु समेतको उपस्थिति थायो ।

गिनिज बुक अफ द वर्लड रेकर्ड मा नाम राख्नका लागि भएको यो आयोजना सफल भएको आयोजक धिरज राईले जनाएका छन् । यस अघि भारतमा गरिएको यस खाले कार्यक्रममा ५० हजार मानिस सहभागि भएका थिए । जुन कार्यक्रमको रेकर्ड गिनिज बुकमा लेखाईसकेका छन् । आज भारतको रेकर्ड हामिले तोड्यौं, अब हाम्रो रेकर्ड गिनिज बुकमा दर्ज हुनेछ । धिरज राईले प्रतिक्रिया दिँदै भनेका छन् । साथसाथै हामीले बुद्धको जन्मस्थल भारत हैन नेपालमाको लुम्बिनी हो भन्ने शन्देश पनि फैलाउन सकेका छौं ।

प्रकाशित : १९ फाल्गुन २०७४, शनिबार ००:००