१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

गौचनको हत्यामा संलग्न थप दुईजना पक्राउ



काठमाडौँ, १ मंसिर (रासस) : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न वसन्त थेवे र धनराज योङहाङलाई आज कपनबाट प्रहरीले पक्राउ गरिएको घटनाको अनुसन्धान गर्न गठित छानबिन टोलीका प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक गणेश केसीले जानकारी दिनुभयो ।

पक्राउ परेका साथबाट दुईवटा पेस्तोल र १० राउण्ड गोलीसमेत बरामद भएको उहाँले बताउनुभयो । यसअघि घटनामा संलग्न पाँच जनालाई गत मंगलबार पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङ, पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत बिहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी रहेका छन् ।

घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुन लगायत भने अझै फरार रहेका छन् ।

गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली प्रहारलगत्तै गौचनलाई तत्काल सिभिल अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ००:००