२१ बैशाख २०८१, शुक्रबार । May 4, 2024

मुख्य खबर

संघ र प्रदेश निर्वाचनमा यस्ता छन् पाँचथरका आकांक्षी (सूची सहित)



पाँचथर । आगामी मंसिर १० मा हुने प्रदेश तथा संघको चुनावका लागि पाँचथरका राजनीतिकदलहरु उम्मेद्वार छान्न ब्यस्त छन ।
नेकपा माओवादी केन्द्र उम्मेद्वार चयन गर्न अघि देखिएको छ । माओवादीले उम्मेद्वारको नाम केन्द्रमा सिफारिसका गरिसकिएकोल जनाएको छ । संघका लागि पुर्व सहायक मन्त्रि श्रीप्रसाद जबेगू र प्रदेशका लागि हर्क नेम्बाङ (मिक्सो) (साविक क्षेत्र नं. १) र केन्द्रिय सदस्य इन्द्र आङबो मौसम (साविक क्षेत्र नं. २) रहेको छ ।
यसरी नै नेकपा एमालेको तर्फबाट संघमा पूर्व राज्यमन्त्रि एवम केन्द्रिइ सदस्य डम्बरसिं सम्बाहाम्फे र पुर्व सांसद बषन्तकुमार नेम्बाङले दाबी गरेका छन् । केही अगाडीसम्म एमालेबाट सांसद गणेशकुमार काम्बाङ र जिल्ला सचिव तीवेन्द्र चापागाईको समेत नाम चर्चामा थियो । तर उनीहरुले संघको दौड छोडेर प्रद्रेशमा दावी गरेका छन् । प्रदेश क्षेत्र न १ गणेश काम्बाङ, तिबेन्दराज चापागाइका साथै भवानी प्रसाद लिङदेन उपेन्द्र दगाल महेन्द्रबिक्रम थाम्सुहाङ, थुमनाथ चापागाइ र आशारत्न जबेगुको नाम चर्चामा रहेको छ । यसै गरी क्षेत्र न २ बाट गंगा चेम्जोङ नरेन्द्रकुमार बस्नेत, बिरेन्द्र तुम्बापो मेघराज घिमिरे सन्तकुमार राई, नरबहादुर खड्का, कृष्णकुमार आङदेम्बेको नाम चर्चामा रहेको छ । स्वभाविक रुपमा आकाक्षी भएपनि पार्टीको बैठकपछि आधिकारीक नाम सिफारिसका लागि केन्द्रमा पठाउने नेकपा एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले बताए । हाम्रो पाटीको बैठक असोज १६ गते बस्छौं अनि निर्णय गछौं उनले भने ।

नेपाली काग्रेसबाट संघका लागि केन्द्रिय सदस्य भिष्मराज आङदेम्बे र पूर्व राज्यमन्त्रि दिपकप्रकाश बाँस्कोटाको चर्चा रहेको छ । यसै गरी प्रदेशमा सुरेन्द्र दाहाल, धमेन्द्रबिक्रम नेम्बाङ, बिरेन्द्र खड्का, जिल्ला सभापति नरेन्द्र केरुङ, रुपनारायण जबेगू अम्बिका न्यौपानेको नाम चर्चामा रहेको भए पनि पाटीको आधिकारिक निर्णय भने आउन बाँकी छ ।
यसरी नै अन्य साना पार्टीहरुबाट पनि उम्मेद्वार छान्ने कसरत भइ रहेको पार्टीका जिल्ला नेतृत्वले जनाएका छन् ।

प्रकाशित : १० आश्विन २०७४, मंगलबार ००:००