११ बैशाख २०८१, मंगलबार । April 23, 2024

ग्लोबल

हवाई कारबाहीमा नौ आतंककारी मारिए



 

काबुल, २ असोज (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा आइतबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।

नान्र्गाहार प्रान्तको आचिन जिल्लामा लुकेर बसेका आतंककारीलाई लक्षित गरी भएको हवाई कारबाहीमा ती आतंककारी मारिएका सोमबार गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस कारबाहीको क्रममा आइएस आतंककारीसँग सम्बन्धित हातहतियार र सवारीसाधनसमेत नष्ट गरिएको जनाइएको छ ।

अफगान सरकारी बलले गरेको यस कारबाही र हताहतको आइएस आतंककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित : २ आश्विन २०७४, सोमबार ००:००