२३ बैशाख २०८१, आइतबार । May 5, 2024

मुख्य खबर

अल्लो प्रवद्र्धनका लागि मेसिन सहयोग



रोल्पा, २७ भदौ । हातले धागो कात्ने परम्परालाई नयाँ प्रविधिसँग जोड्न जेल्वाङमा अल्लोको धागो कात्ने मेसिन हस्तान्तरण गरिएको छ ।

कृषि मन्त्रालयसँगको साझेदारीमा उद्योग वाणिज्य महासंघले सञ्चालन गर्दै आएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत जेल्वाङमा १२ थान मेसिन हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

धागो कात्ने प्रविधिमा सुधार गर्दै गुणस्तरीय धागो उत्पादनमा सघाउ पु¥याउने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको श्रेष्ठले बताउनुभयो । जीविकोपार्जनको आधार बनेको अल्लोको आधुनिक मेसिन औजारको अभावका कारण उत्पादनमा कमी आएको उहाँको भनाइ छ । समुदायवाट थप मेसिनको माग आएको हँुदा सहयोग गर्न स्रोत खोजी भइरहेको छ ।

जेल्वाङमा अल्लोखेती गरिने हुँदा त्यसको विकास र प्रवद्र्धन गर्न मेसिन वितरण गरिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । जिल्लालाई अल्लोको माद्यमबाट परिचित गराउन सकिने सम्भावना छ । उत्पादित अल्लोको धागो हाल स्थानीय व्यापारीले नै खरिद गरिरहेका छन् । ठूलो परिमाणमा उत्पादन भए त्यसको बजारीकरण गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने सुवेदीले बताउनुभयो ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलबार ००:००