२१ बैशाख २०८१, शुक्रबार । May 4, 2024

मुख्य खबर

बनेपामा उत्कृष्ट खेलाडी सम्मानित



बनेपा, २६ भदौ । सातौँ मध्यमाञ्चल क्षेत्रस्तरीय प्रतियोगिता तथा नवौँ राष्ट्रिय रनिङशिल्ड प्रतियोगितामा सहभागी विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई आज काभ्रेपलाञ्चोकको बनेपामा सम्मान गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा उनीहरूलाई प्रमाणपत्र प्रदान गरेर जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतमले सम्मान गर्नुभएको हो ।

साताँै मध्यमाञ्चल क्षेत्रस्तरीय प्रतियोगितामार्फत बक्सिङमा चार, कराते फूल कन्ट्याक्टका तीन, आइटिएफ तेक्वान्दोका १५, डब्लुटिएफ तेक्वान्दोका पाँच, सितोरियो करातेका सात, जुडोका चार, उसुका तीन र बास्केटबलका १० खेलाडी सम्मानित भएका हुन् ।

त्यस्तै, भारतको पुनामा भएको अन्तर्राष्ट्रिय मार्शल आटर््समा अन्तर्राष्ट्रिय पदक पाउने कुशादेवीका शंकर भुजेललाई पनि सम्मानित गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचितानन्द केसीले जानकारी दिनुभयो ।

प्रकाशित : २६ भाद्र २०७४, सोमबार ००:००