२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

बिचार

लहुरे प्रतिको आरोप, खण्डन आदिवासीबाट !



अहिले नेपालमा जातीय पहिचानको आधारमा संघीयताको मुद्दा उठेको छ । संघीयता संगै आदिवाशी जनजातीको सामाजिक न्याय, अधिकार र समानताको मुद्दा पनि हल हुने क्रममा छ । यही बेला थुप्रै ब्राहमण मित्रहरुले आदिवाशी जनजातीहरु ऊपर विभिन्न माध्यमबाट मुखमा आइन्जेल गाली र हावादारी आरोप लगाईं रहेका छन् । उनीहरुको मुख्य आरोप भनेको आदिवाशी जनजातीहरु अल्छी, केही गर्न नचाहने,लाहुरे जाने पैसा कमाउने,मोज मस्तीमा लाग्ने अनी नेपालमा अधिकारको कुरा उठाउने आदि इत्यादि । यस्तो यस्तो अवान्छित आरोप बारे गंभीर भई आदिवाशी नेताहरुले जवाफ दिनु पर्ने थियो । तर चासो नभएर हो की अर्थात काग कराउँदै गर्छ पीना सुक्दै जान्छ भन्ने अर्थमा लीएर हो वा नेताहरुमा जवाफ दिने तत्परता नभएर हो जवाफ दिएको पाईएन । आरोपको जवाफ नेताहरुले दिएनन भने सर्वसाधारणले पनि जवाफ दिने अधिकार हुन्छ । त्यसैले जवाफ स्वरुप यहाँ केही सामग्रीहरु प्रस्तुत गरिएको छ ।
नेपालको इतिहासलाई राम्ररी नियाल्ने हो भने निक्कै अगाडी देखी जातीय भेदभाव तथा छुवाछुतको ब्यबस्था भएको देखिन्छ । राजा जयस्थिति मल्लले चार जात छतीस बर्न भनी जातको बिभाजन गरे । जातको आधारमा कामको बाँट फांट गर्यो । त्यहा देखी नै जातीय भेदभाव ब्याबस्थित भएको देखिन्छ । राजा जयस्थिति मल्ल नेपालको इतिहासमा कलंक हो । यसलाई ब्रह्माण इतिहासकारहरुले सुधारक राजा जसले राम्रो थिती बसाले भनी लेखेको पाइन्छ । राणा प्रधानमंत्री श्री ३ जंग बहादुरले सन १८५४ मा मुलुकी ऐन जारी गरे । त्यही अनुरूप जातको आधारमा बिभेद पूर्ण कानून लागू गर्यो । नेपालको इतिहासमा पहिलो लिखित कानून त्यही हो । जातिय विभेद भएको जयस्थिति मल्लको विभाजनलाई जंगबहादुरले कानुन बाटै मान्यता दियो । यो कानुनले ब्राह्मणको काम पढने लेख्ने,क्षेत्रीको काम देशको सुरक्षा गर्ने,वैश्यको काम बन्द ब्यापार र सुद्रको काम परिश्रम गर्ने भयो । तर यो वर्गीकरणमा अर्थात बर्नाश्रममा आदिवाशी जनजातीहरु पर्दैनन भनीएता पनि ब्राम्हणले बनाएको जन्म सुतीका(चिनो) मा शुद्र जाते भनी उल्लेख गरिन्छ । ब्यावहारमा शुद्र कै वर्गमा राखिन्थ्यो । तत्कालीन टाठा बाठा पढे लेखेका ब्रह्मणहरुले आदिवाशी जनजातीलाइ जे जसरी भए पनि सडयन्त्र गर्ने दबाएर राख्ने नै गर्दथे । दबाएर राख्ने नीति स्वरुप नै गोर्खा भर्तीको शुरूवात भएको हो ।
रपृथ्वी नारायण शाहका खलक गीर्वाण युद्द विक्रम शाहका पालामा तत्कालीन भारत अर्थात यसलाई अंग्रेजको शासन भएकोले ईस्ट इंडिया कंपनी सरकार भनिन्थ्यो को बीचमा नेपालको पश्चिम कांगड़ामा भिसण युद्द भयो । नेपालको तर्फबाट जनरल अमर सिंह थापाले उक्त लड़ाईको नेतृत्व गरेका थिए । कंपनी सरकारको आधुनिक हतियार संग पनी नेपाली सेनाले घरेलु हतियार द्वारा बहादुरी पूर्ण लडेरत्यसमा कुनै पनी पक्षले लड़ाई जित्न नसके पछि सन्धी भयो । जसलाई हामी सुगौलीको सन्धी भनेर जान्दछौं । यो सन्धी दिसम्बर २,१८१५ मा भयो । यसलाई मार्च ४,१८१६ मा अनुमोदन गरियो । उक्त सन्धीमा नेपालको तर्फबाट राजगुरु गजराज मिश्र र सहयोगी चन्द्र शेखर उपाध्याय दुई ब्राह्मणले हस्ताक्षर गरे भने कम्पनी सरकारको तर्फबाट लेफ्टिनेन्ट कर्नेल पेरिश ब्राडशाले हस्ताक्षर गरेका थिए । मुख्यत, उक्त सन्धीमा २ वटा उल्लेखनीय कुरा हरु भए ( पहिलो, नेपालले पूर्व देखि पश्चिम सम्म तराईका धेरै भू (भाग गुमाउनु पर्यो भने दोस्रो, गोर्खा भर्ती सम्बन्धी ब्यबस्था पनि त्यही संधिमा समाबेस गरियो । हुन त त्यो सन्धीको आशय आदिवाशी जनजातीलाई मात्र गोर्खा भर्ती गर्ने भन्ने होइन । बिशेस गरेर अमर सिंह थापा जसलाई मगर बिद्वानहरुले मगर त क्षेत्री बिद्वानहरुले क्षेत्री भनेर दावी गरेका छन् उनको बहादुरी देखेर नै बाठो अंग्रेजले गोखाएलीहरुलाई सेनामा लिएको हो । त्यसमा सबै जातको मानिस सेनामा भर्ती हुन्थ्यो । तर ब्रह्मणहरु अल्छि , धुर्त चलाख भएकोले नेपाल हाकेर आएको अंग्रेजलाई बुझ्न कठिन भएन । नेपालका आदिवाशी जनजातीहरु सोझो ईमान्दार भएकोले बिदेशी सेनामा पठाउनु तत्कालीन सरकारले श्रेयस्कर ठाने । कालान्तरमा उनीहरुलाई मात्र गोर्खा फौजमा भर्ती गर्न थालेको हो ।
जुन समयमा गोर्खा भर्ती शुरू भयो, त्यो समयमा आदिवाशी जनजातीहरु राज्यबाट सामाजिक तथा राजनीतिक बिभेदको शिकार भएका थिए । तरपनि आर्थिक रुपमा आत्मनिर्भर थिए । कृषि, पशुपालन, घरेलु उद्योग आदीको ब्यवाशाय गर्दथे । जग्गा जमीन मा कुनै छेक बार थिएन । जती भस्मे खोरिया फाड़न सक्यो त्यो उनीहरुकै हुन्थ्यो । जनसंख्या कम थियो । कुनै बिदेशी सेनामा भाडाको सिपाही बनी गुजारा गर्ने आवश्यक्तै थिएन । रोजगारीको लागि मुग्लान वा बिदेश जाने पनि कुरै भएन । यस्तो स्ववलम्भि अवस्थामा कंपनी सरकारको एजेण्टहरु गाऊ गाऊमा पस्न सुरु गरे । दाउरा, घास गर्न गएका युवाहरुलाई फकाउने नमाने जबर्जस्ती गर्ने,प्रलोभनमा पार्ने,झुक्याउने गर्न थाले । राज्यले एजेण्टहरुको कार्यलाई प्रोत्शाहित गर्ने काम गरे । यसले आदिवाशी जनजातीका युवाहरु विशेष गरेर राई,लिम्बू,मगर, गुरुंग, शेर्पा, तामाङ त्यस बेला ठुलो संख्यामा बिदेशिए । त्यतिवेला चलिरहेको पहिलो विश्व युद्धमा नेपालले प्रत्यक्ष भाग लिएको थिएन । तर जती पनी ब्रिटिशले लड़ाई लडे त्यसको पक्षमा अग्रिम मोर्चामा रहेर नेपालका युवाहरुले युद्ध लड्नु पर्यो । त्यतिखेर लड़ाईलाई धावा भन्ने चलन थियो । भियतनाम, कम्पुचिया, इण्डोनेशिया, बर्नेऊ (बर्मा), फ्रान्स, जर्मन,चीन ,जापान लगाएतका धावाहरुमा थुप्रै आदिवाशी जनजातीका युवाहरु मारिए । धेरै धावाहरु जितेका पनि छन् । तर ति धावाहरुमा लाखौं युवाहरुको ज्यान गएको पनि छ । यसको लेखाजोखा छैन । कति बेपत्ता भए ? , कति अंग भंग भए ? कति बेखर्च भए । यसरी धावा अर्थात युद्धमा सहभागि भई अहिले सम्म पिडित हुनेहरु अझै पनि धेरैलाई फेला पार्न सकिन्छ । जसको गोली शरीरमा बांकी नै छ । अझै पनि कसैले खुट्टा खोच्याएर हिडयो भने हलदार भएछस भनेर ब्यांग्य गर्ने चलन छ । यो चलन त्यतिबेलाका घाइतेलाई हलदार बनाएर बृटिसले घर पठाईदियो । धावामा मरेको खबर प्रत्येक घर घरमा धागोले बांधेर पत्र आउथ्यो । यसरी भर्तीमा जानेहरु मारिए भने बाचेकाहरु अपांग भएर कौड़ीको दरमा काम लगाइए । अझ कती त खाली खुट्टा (सुको पैसा नदीइ) घर फर्काइए ।
यता उनीहरुको आश्रित परिवारको कन्त बिजोग छैन । शोसक सामन्तीले ठग्ने,दुरब्यबाहर गर्ने शिक्षा दीक्षा नपाउने इत्यादि कुराले गर्दा उनिहरुको घर परिवार र समाज नै छिन्न भिन्न भयो । जातीहरुको सामाजिक, आर्थिक, राजनीतिक सम्पूर्ण संरचना ध्वस्त भयो । आफनो भन्ने केही बाँकी रहेन । सर्वाङ्ग रुपले पछि परेका रैथाने आदिवाशीहरु गोर्खा फौजमा कती मारिए त्यसको तथ्यांक न त नेपाल सरकार संग छ न त ब्रिटिशले नै खोजी नीती गरे । त्यो अझ सम्म यकीन हुन सकेको छैन तर नेपालको पहिलो जनगणना सन १९११ मा उल्लेख भए अनुसार नेपालको जनसंख्या ५६,३८,७४९ थियो । दोस्रो जनगणना सन १९२० मा भयो, त्यसमा जनसंख्या ५५,७३,७८८ थियो लगभग ९ बर्स पछि जनसंख्या बढनु पर्नेमा ६४,९६१ अर्थात १.१५ प्रतिशत घटी देखिन्छ । त्यसरी नै तेस्रो जनगणना १९३० मा १९ बर्स पछि हुंदा जनसंख्या ५५,३२,५७४ झनै दोस्रो जनगणना भन्दा ४१,२१४ अर्थात ०.७४ प्रतिशतले घटेर गएको देखिन्छ । र चौथो जनगणना १९४१ मा अलिकती बढेर ६२,८३,६४९, अर्थात १३.८५ प्रतिशतको वृद्धी देखिन्छ । त्यसैगरी पाचौ १९५२ र ५४ को जनगणनामा जनसंख्या अत्यधिक ब्रिद्दी भएको छ । त्यसमा ८२,५६,६२५ र १९,७२,९७६ अर्थात ३१.४० प्रतिशत अहिले सम्म कै ज्यादा वृद्धी दर देखिएको छ । यस ले के देखाएको छ भने सन १९४५ अगस्त १४ मा जब दोस्रो बिस्व युद्ध सकियो यतिबेला मर्नेहरु सवै नेपालका आदिवासी थिए भन्ने एउटा प्रमाण हो । मरेर गए पनी बाच्ने हरु घर फर्किए परिवारमा बसे त्यसले गर्दा जनसंख्या वृद्धी भएको हो भनी ठोकुवा गर्न सकिन्छ । किनकी नेपालका जस्तै बिस्वका जुनजुन देशले विश्व युद्धमा सामेल भए त्यहाँ मृत्युदर ज्यादा हुँदा जनसंख्या घटेर गएको थियो ।
विश्व युद्ध समाप्त भएपछि त्यस देशहरुमा स्वतः जनसंख्या भएर गएको छ । नेपाल सरकारको तर्फबाट वा नेपालले विश्व युद्धमा सामेल भएनन् । तर नेपालका आदिवासी युवाहरुलाई वृटिस सरकारको तर्फबाट विश्व युद्धमा सामेल हुँदा नेपालको पनि जनसंख्या घटेर गएको हो । नेपालका आदिवासी युवालाई त्यतिबेला ब्रिटिशले गर्न सम्म उपभोग गरे । तेतिकै रद्दीको टोकरीमा लाहुरेहरु फालिए । नेपाल सरकार मूक दर्शक भएर बसे । अझै पनि वृटिसको सेनामा नेपालका आदिवासी युवाहरु गोर्खा सेनाको नाममा जागिरे छन् । पहिलेको जस्तो गोर्खा सेनालाई शोषण नभएपनि अझै सम्म उनिहरु र उनिहरुको परिवारले पाउनु पर्ने न्याय दिन वृटिस सरकार आनाकानी गरिरहेको छ । तथापी अहिले पनि वृटिस सेनामा गोर्खा भर्ती नेपाली आदिवासी युवाहरुको आकर्षक केन्द्रकै रुपमा लिने छलन छ ।
जब लाहुरेहरुले आफ्नै बल बुताले संघर्स गरेर केही सुबिधा लिए । तब अहिले गोर्खा भर्ती आकर्षक भएर गयो । विदेशी भुमिमा बगाएको खुन पसिनाको मुल्यले नेपालमा पोखरा, बुटवल, धरान जस्ता शहरहरु बसाले । ती शहरहरुमा राम्रा आचरण, लवाई खवाई घरहरु देखेरै पनि नेपालका सत्ताशीन ब्रह्मण शासकहरुलाई जलन हुने बिषय भयो । ति लाहुरेहरुमा नेपालका सत्तासिनहरुको सड़यन्त्रको चंगुलबाट जोगिन समाउने हांगा र टेक्ने अखटा थिएन । यस्तो अवस्थामा उनिहरुलाई छिन्न भिन्न बनाउने सड्यन्त्र भयो । अहिले पोखरा बुटवल, धरान जस्ता लाहुरेको शहरबाट लाहुरेहरुलाई पलायन गराएर उनिहरुको भुमिका विहिन बनाईएको छ । यी लाहुरेहरु बेलायत बस्दा गोरा सेनाको सरह समान अधिकार पाउने तर नेपालमा बस्दा सुविधा तथा अधिकार कटौती हुने चलन छ । यो चलनले गर्दा आज सवै लाहुरे र उसको परिवार बेलायतमा बसाईं सर्न बाध्य भएको छ । यो बाध्यता नेपाल सरकारले भुमिका नखेलिदिएर हो । यस्तो हुनुमा गोर्खा सेनाको अधिकार माग्ने संगठनहरुको हिम्मत कम्जोर भएर पनि हो । यदि गोर्खा सेनाको अधिकार पाउन संघर्ष गर्ने संगठनहरुले हिम्मत गर्ने हो भने आफ्नो अधिकार वृटिस सरकार बाट आफै लिन सक्छ । यो लोकतन्त्र र मानवअधिकारको नम्सको माध्यमले उनिहरुले हक पाउन सक्छन् । यसका लागि उनिहरुमा बुलेटको युद्धमा जस्तो अब विबेकको युद्धमा थोरै हिम्मत हुन जरुरी छ ।
गोर्खा सेनामा भर्ती भएका वा अन्य आदिवासीको पनि अधिकारको कुरा उठाऊदा आफनो एक्लौटी भाग खोसिने डर व्राम्हण शासकमा छ । यसकै उपज हो मानसिक सन्तुलन गुमाए जस्तैगरी बिना प्रमाण नानाभाँति आरोप लगाईनु । कतिपय आरोपहरु सत्य जस्तो भएपनि ति आरोप आउनुको कारक तत्व ब्राम्हण शासकको विभेदपुर्ण ब्यबाहार नै हो । त्यसैले यस खाले आरेपको खण्डन हरेक आदिवाशी जनजातीहरु सचेत भई दिनै पर्दछ । किनकी हरेक आदिवासी समुदायको अहिले नभएपनि कुनै न कुनै कालखण्डमा गोर्खा भर्ती संग सम्बन्ध गाँसिएर आएको छ । सचेतताको प्रयोगले मात्र नेपालको जातिय सन्तुलनलाई मिलाएर राख्न सक्छ । यसखाले सचेतताले नै नेपालको सामाजिक भाविष्यलाई मजबुत बनाई राख्न सक्दछ ।

प्रकाशित : २४ भाद्र २०७४, शनिबार ००:००