१७ बैशाख २०८१, सोमबार । April 29, 2024

मुख्य खबर

ट्याम्के मैयुङको बजेट रु २७ करोड ६४ लाख



भोजपुर, २३ भदौ । सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै टेम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युत्लाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ । गाउँसभाले सडकमा रु पाँच करोड ९ लाख सत्तरी हजार, विद्युत्मा रु एक करोड ३८ लाख ३० हजार र गाउँपालिका स्तरीय मध्यम तथा साना पूर्वाधारमा रु एक करोड पचहत्तर लाख बजेट विनियोजन गरेको टेम्केमैयुङ गाउँपालिका–५ खावाका वडाअध्यक्ष सुनिल राईले जानकारी दिनुभयो ।

गाउँपालिकालार्ई यस आर्थिक वर्ष २०७४÷७५ का लागि कुल २७ करोड ६४ लाख बजेट प्राप्त भएको छ । गाउँसभाले गाउँपालिकाको नाम यसअघिको ट्याम्केमैयुमलाई संशोधन गरी ‘टेम्केमैयुङ’ नामाकरण गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । गत भदौ ५ गतेदेखि शुरु भएको परिषद् बिहीबार सकिएको हो ।

प्रकाशित : २३ भाद्र २०७४, शुक्रबार ००:००