२३ बैशाख २०८१, आइतबार । May 6, 2024

मुख्य खबर

‘ह्युपाः’ कथा संग्रह सार्वजनिक



काठमाडौँ, २२ भदौ । कथाकार भवानी तुलाधरद्वारा लिखित कथा संग्रह ‘ह्युपाः’ (परिवर्तन) सार्वजनिक गरिएको छ ।

नेपाल भाषा परिषद्ले प्रकाशनमा ल्याएको उक्त कथा संग्रहमा महिलाले सामना गर्दै आएको सामाजिक परिवेश, कुरीति र सांस्कृतिक विचलन जस्ता विषयलाई प्रधानता दिइएको छ । कथाकार तुलाधर २०२९ सालदेखि नेपाल भाषाको उन्नयन र साहित्य सिर्जनामा समर्पित रहँदै आउनुभएको छ । पुस्तकको मूल्य रु १५० राखिएको छ ।
कवयत्री नारायणदेवी श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रममा उक्त कथा संग्रहको लोकार्पण गर्नुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै प्रा. प्रेमशान्ति तुलाधरले पात्रहरुको मनोविश्लेषण अघि सार्नु भन्दा कथाकार आफैंले कथामा भाव व्यक्त गर्ने काम भएको बताउँदै सामाजिक कुरीतिको उन्मूलन गरी परिवर्तन ल्याउन व्यक्ति स्वयं अगाडि आउन जरुरी छ भन्ने सन्देश हरेक कथामा रहेको टिप्पणी प्रस्तुत गर्नुभयो ।
परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यले भाषाको माध्यमबाट नेवार समुदायलाई एकताबद्ध गर्ने र समृद्धि प्राप्त गर्ने परिषद्को उद्देश्यसँग मेल खाने गरी पुस्तक प्रकाशन गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००