२३ बैशाख २०८१, आइतबार । May 6, 2024

मुख्य खबर

ठूलो होइन, असल बन्नुस् : सचिव शर्मा



काठमाडौँ, २२ भदौ । निर्वाचन आयोगले १४औँ निजामती सेवा दिवसको उपलक्ष्यमा आयोगको हाताभित्र सरसफाइ र कृति वाचन कार्यक्रम ग¥यो ।

यस वर्षको निजामती सेवाको नारा ‘निजामती कर्मचारीको प्रतिबद्धता ः पारदर्शिता र चुस्तता’ रहेको छ ।

निर्वाचन आयोग र आधिकारिक टे«ड युनियन विभागीय कार्यसमितिले आयोजना गरेको कृति वाचन कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलले पदीय हिसाबले ठूलो हुनेभन्दा असल हुने सोच राखी इमान्दार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कृति वाचनमा सहभागी प्रतिभालाई आयोगका सहसचिव दीपक सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सरकारले रु एक लाख राशिको यस वर्षको उत्कृष्ट निजामती पुरस्कार आयोगका सहसचिव दीपक सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००